Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

पँधेरोमा नुहाउन गएकी १९ वर्षिया युवतीको घाँटी रेटेर बीभत्स हत्या

पँधेरोमा नुहाउन गएकी १९ वर्षिया युवतीको घाँटी रेटेर बीभत्स हत्या

नेप्लिज डायस्पोरा

१६, चैत्र २०८०
images
पँधेरोमा नुहाउन गएकी १९ वर्षिया युवतीको घाँटी रेटेर बीभत्स हत्या

 

पाल्पा,चैत १४- पाल्पामा एक युवतीको घाँटी रेटेर हत्या भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा बीभत्स तरिकाले हत्या भएको अवस्थामा युवतीको शव फेला परेको हो ।

 

मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारीलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको स्थानीयले बताएका छन् ।

 

रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलकाअनुसार मृतक १९ वर्षीया पद्मा ख्याहा कराङ्दीका दल बहादुर र कमला सुनारकी छोरी हुन् । उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

 

दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको वडा अध्यक्ष पोखरेलले जानकारी दिए ।

 

उनको घाँटी र हातका औलाहरू काटिएका छन्, घटनास्थलको प्रकृती हेर्दा पद्मालाई जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको देखिन्छ, वडाध्यक्ष पोखरेलले भने । प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्दले घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरू गरिएको बताए ।

images
प्रकाशित मिति :चैत्र १६, २०८० शुक्रवार - ०३:२२:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend