Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

“स्‍मृतिका बिम्बहरू”को अब अडियोबुक पनि बजारमा

“स्‍मृतिका बिम्बहरू”को अब अडियोबुक पनि बजारमा

नेप्लिज डायस्पोरा

६, बैशाख २०८१
images
“स्‍मृतिका बिम्बहरू”को अब अडियोबुक पनि बजारमा

“स्‍मृतिका बिम्बहरू”को अब अडियोबुक पनि बजारमा

राम लामा अविनाशी द्वारा लिखित पुस्तक स्‍मृतिका बिम्बहरू अब अडियोबुकमा पनि निस्केको छ । केही समय पहिला सुरभि प्रतिष्ठानको आयोजनामा काठमाडौँको होटल उडल्याण्डमा एक भब्य समारोहका बिच “स्‍मृतिका बिम्बहरू” लोकार्पण भएको थियो । उक्त पुस्तक आज पाठकहरूको मन मस्तिष्कमा बस्न सफल भएको छ । तर, पुस्तक पढेर बस्ने फुर्सद नहुने पाठकहरूका लागि यो अडियोबुक निकालिएको हो ।

अहिलेको ब्यस्त समाजमा घडीको सुइ सँगै गाडीको पाङ्ग्रा घुम्छ । त्यही गाडीको रफ्तार सँगै मान्छे पनि हुइँकी रहेको हुन्छ । जीवन यती सम्म कस्सिलो बन्दै गयो कि खान र सुत्नलाई पनि घडीले नै सुचित गरी रहेको हुन्छ । न त पुस्तकका पाना पल्टाई रहने फुर्सद हात सँग छ,न त हरफहरूका शब्द शब्द नियाल्ने फुर्सद आँखा सँग नै छ ।

त्यसैले अहिलेको ब्यस्त मानिस सँग समय छ त केबल घर देखि काम र काम देखि घर पुग्दा सम्म्को दुरी पार गर्दा र कहिले काहीँ लामो लामो यात्रा गर्नु पर्दाको समय मात्र छ । त्यो खाली समयको सदुपयोग गर्न मिल्ने भएकोले आजकाल अडियोबुकले लोकप्रियता पाउदै आएको हो । त्यही समयको माग सँगै यो “स्‍मृतिका बिम्बहरू”लाई पनि अडियोबुकको रूपमा बजारमा ल्याइएको छ ।

सो किताबका हरफहरूमा लेखक राम लामा अविनाशीका शब्दहरू भएता पनि मिठो र वजनदार स्वरका धनी दिपक समिरले आफ्नै मन भित्र बाट प्रश्फुटन भएका कथा ब्यथा जसरी प्रस्तुत गरेका छन् । यस अडियोबुकलाई लेखक स्वयमको युटुब च्यानलमा अप्लोड गरिएको छ ।

अडियो सुन्न यहाँँ क्लिक गर्नुहोला :

 

 

 

 

images
प्रकाशित मिति :बैशाख ६, २०८१ बिहिवार - ०२:३७:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend