Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

राष्ट्रपति पौडेल स्वीजरल्याण्ड र जर्मनी भ्रमणमा जाने

राष्ट्रपति पौडेल स्वीजरल्याण्ड र जर्मनी भ्रमणमा जाने

नेप्लिज डायस्पोरा

१७, जेठ २०८१
images
राष्ट्रपति पौडेल स्वीजरल्याण्ड र जर्मनी भ्रमणमा जाने

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन स्वीजरल्याण्डको जेनेभा जाने भएका छन् ।

 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा सहभागी हुने राष्ट्रपति पौडेलको कार्यक्रमलाई स्वीकृत गरेको हो ।

 

बैठकले त्यस लगतै राष्ट्रपति पौडेलबाट हुने जर्मनी भ्रमण समेत स्वीकृत गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

 

मन्त्रीपरिषद्को बैठकले नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशेष श्रेणीको पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायव महान्यायाधिवक्ता, न्यायापरिषद सदस्य र रजिस्टार पदमा पदास्थापना गर्ने निर्णय गरेको छ । यस्तै तिलगंगा आँखा अस्पताल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

images
प्रकाशित मिति :जेठ १७, २०८१ बिहिवार - २२:१९:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend