Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

स्वास्थ्यमन्त्री पौडेलले खादा माला लगाएनन् बरु गरे दुई महत्वपूर्ण निर्णय

स्वास्थ्यमन्त्री पौडेलले खादा माला लगाएनन् बरु गरे दुई महत्वपूर्ण निर्णय

नेप्लिज डायस्पोरा

१, श्रावण २०८१
images
स्वास्थ्यमन्त्री पौडेलले  खादा  माला लगाएनन् बरु गरे  दुई महत्वपूर्ण निर्णय

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । त्यससँगै उनले दुई निर्णय गरे ।

उनले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका छन् । क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने पहिलो निर्णय गरे । यस्तै, स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्ने र सबैलाई समेट्ने योजना ल्याउने उनले निर्णय गरे ।

 

 

एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने उनले बताए । मन्त्री पौडेलले एक साताभित्र तत्कालीन र एक महिनाभित्र दीर्घकालीन योजना तयार पार्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले मितव्ययिताका निम्ति भन्दै मालाखादा लगाएनन् ।

images
प्रकाशित मिति :श्रावण १, २०८१ मंगलवार - ०१:२८:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend