बुद्ध एयरका सिनियर पाईलट रञ्जन सुवेदीको प्रस्तुति रहेको गीत 'कति मिठो हास्यौं' फूलपातीको दिनमा रिलिज हुने भएको छ । गीतमा बलिवुडकी प्रख्यात गायिका साधना सरगमले सिनियर पाईलट गायक रञ्जन सुवेदीलाई साथ दिएकि छिन् ।
पेशाले सधैं जहाज उडाउने भएपनी सानैदेखि गायनमा रुची राख्ने रञ्जन सुवेदीले राम्रो प्रस्तुति दिएका छन् । बचुन्जेलिलाई, मलाई पुगेन पुगेन यो बैसले, पहाडको छुक छुके रेलका प्रख्यात संगीतकार शिखर सन्तोषले सुवेदीको यो गीत उत्कृष्ट रहेको बताए । गीतमा शिखर सन्तोष संगीत, प्रख्यात रचनाकार विजय शीवाकोटीको शब्द रहेको छ ।
यसमा प्रख्यात कार्टून क्रुजका सरोज अधिकारी र आसमकी मोडल इशाले अभिनय गरेका छन् भने नेपाली चलचित्रका प्रख्यात नृत्य निर्देशक रामजी लामिछानेको निर्देशन रहेको छ ।
गीतको भिडियोमा प्रसन्न कुँवरको सिनेमाटोग्राफी रहेको र शान थापाको पोस्टर डिजाईन रहेको छ । भिडियोलाई म्युजिक नेपालले फूलपातीको दिन रिलिज गर्ने भएको छ।