Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सहकारी ठगे जस्तो सजिलो हुँदैन देश चलाउन : प्रधानमन्त्री

सहकारी ठगे जस्तो सजिलो हुँदैन देश चलाउन : प्रधानमन्त्री

नेप्लिज डायस्पोरा

२४, मंसिर २०८१
images
सहकारी ठगे जस्तो सजिलो हुँदैन देश चलाउन : प्रधानमन्त्री

 

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले देश सञ्चालन जटिल कार्य भएको बताएका छन् । झापामा दमक व्यापारिक कम्प्लेक्स उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्रिय नेतृत्वका लागि सिद्धान्त, नीति, सङ्कल्प र दृढ अठोट आवश्यक रहेको औंल्याए ।

 

प्रधानमन्त्री ओलीले राजनीतिक भ्रम र हल्काफुल्का दृष्टिकोणले देश सञ्चालन असम्भव रहेको तर्क राख्दै भने, ‘देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ । कोही यसमा भ्रममा नपरोस् ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले देशको जिम्मेवारी सहकारी ठगी वा लापरवाह अभिव्यक्तिले पूरा गर्न नसकिने धारणा व्यक्त गरे ।

 

‘सहकारी ठगे जस्तो हुँदैन, देश चलाउन । अरूलाई बुरुकबुरुक उफ्रिएर मुख छाडे जस्तो हुँदैन’, उनले थपे ।

 

उनले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गरे । यस्तै उनले फरक प्रसङ्गमा आफ्नो चीन भ्रमणबाट देशका लागि उपलब्धि भएको बताए ।

 

यसका साथै आगामी भ्रमण भारत हुने पनि संकेत गरे ।

 

दमकको भ्यु टावरबारे प्रधानमन्त्रीले विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा समेत गरे ।

images
प्रकाशित मिति :मंसिर २४, २०८१ सोमवार - ०२:३०:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend