Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आशिष अबिरल र दुर्गा गुरुङको सम्मानमा बाल्टिमोरमा सांगीतिक सांझ हुने भएको छ ।

आशिष अबिरल र दुर्गा गुरुङको सम्मानमा बाल्टिमोरमा सांगीतिक सांझ हुने भएको छ ।

नेप्लिज डायस्पोरा

२३, आषाढ २०८२
images
आशिष अबिरल र दुर्गा गुरुङको सम्मानमा बाल्टिमोरमा  सांगीतिक सांझ हुने भएको छ ।

मेरिल्याण्डको बाल्टिमोरमा सुनगाभा सांगीतिक सांझ हुने भएको छ । नेपालका चर्चित कम्पोजर तथा एरेन्जर आशिष अबिरल र कौडा गायक दुर्गा गुरुगंको सम्मानमा यो कार्यक्रम आयोजना गरेको आयोजकले जानकारी दिएका छन् ।  

बरिष्ठ लोक तथा दोहोरी गायिका सिर्जना बिरही थापाले यो कार्यक्रमको संयोजन गर्नु भएको छ ।

यहि जुलाई २० तारिखमा बाल्टिमोरको फेमिली किचनमा यो कार्यक्रम हुनेछ ।

कार्यक्रमको संचालन बरिष्ठ गायक तथा संगीतकार र कुशल कार्यक्रम संचालक राजन ठकुरीले गर्नुहुनेछ । कार्यक्रममा यहांका व्यक्ति तथा संस्थाले स्पोन्सर गरिहेको र ईच्छुकले अझै पनि गर्न सक्ने जानकारी संयोजक सिर्जना बिरही थापाले दिनुभयो ।

images
प्रकाशित मिति :आषाढ २३, २०८२ सोमवार - १९:३३:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend