सिलगढीबाट “ किन किन आज मलाई “ गीत सार्वजनिक
भारतको सिलगढ़ी निवासी ललिता जोशी क्षेत्रीले “ किन किन आज मलाई “ गीत सार्वजनिक गर्नु भएको छ I प्राय: मान्छेहरू जीवनभर आ आफ्नो काममा ब्यस्थ हुदै पैसा कमाउने धुनमा रहन्छन् I घर परिवारलाई पैसाको कमि हुन नदिएर आफ्नो दायित्व र कर्तब्य पुरा गरेको ठान्दछन् I त्यसो गर्दा सम्बन्धलाई कहिले काही पैसाले मात्र पुरा हुन नसक्दा आफ्नो जीवनसाथीको गुनासो रहने गर्दो रहेछ भन्ने कुरा दर्साईएको छ I यस्तो सन्देशमुलक सम्बाद सहितको गीतको शब्दहरू ललिता जोशी क्षेत्री स्वयंको रहेको छ I वरिष्ठ संगीतकार जीवन अधिकारीको संगीत रहेको यो गीतमा सचिन शिं को संगीत संयोजन रहेको छ भने मिठो स्वरकी धनि स्नेहश्री थापा र प्रकाश क्षेत्रीको स्वर रहेको छ I यो गीतलाई पी सी स्टुडियोमा रेकर्ड भएको हो I
रोहित शर्मा सिनेमेटोग्राफी रहेको उक्त भिडियोमा मुक्ति उपाध्याय, ललिता जोशी क्षेत्री , स्वीकृति शर्मा, क्षितिज क्षेत्री आदिको अभिनय रहेको छ I उक्त गीतको निर्माता सम्बाद संजाल प्रोडक्सनको रहेको छ I
भिडियो हेर्न यो लिंकमा क्लिक गर्नु होला :