Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

विपीन जोशीको दुई वर्षअघिको तस्बिर सार्वजनिक

विपीन जोशीको दुई वर्षअघिको तस्बिर सार्वजनिक

नेप्लिज डायस्पोरा

२२, आश्विन २०८२
images
विपीन जोशीको दुई वर्षअघिको तस्बिर सार्वजनिक

काठमाडौं । प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको झन्डै दुई वर्षअघिको तस्बिर सार्वजनिक भएको छ।

हमासद्वारा सन् २०२३ को अक्टोबर ७ मा बन्धक बनाइएका विपीनको तस्बिर इजरायली सञ्चारमाध्यम 'टाइम्स अफ इजरायल' ले पहिलोपटक सार्वजनिक गरेको हो । सन् २०२३ को अन्त्यतिर लिइएको एक भिडियोबाट उक्त तस्बिर सार्वजनिक गर्न परिवारले अनुमति दिएको पनि टाइम्स अफ इजरायलले जनाएको छ । उक्त भिडियो ३० सेकेन्ड लामो रहेको पनि जनाइएको छ । परिवारले 'होस्टेजेज एण्ड मिसिङ फेमिलीज फोरम' मार्फत् जारी गरेको वक्तव्यमा उक्त तस्बिरले विपीन जीवित रहेको आफूहरुको दृढ विश्वासलाई अझ मजबूत बनाएको उल्लेख गरिएको टाइम्स अफ इजरायलले जनाएको छ। 

हमासको नियन्त्रणमा अझै विपीनसहित ४८ जना रहेको र तीमध्ये २० जना जीवितै रहेको विश्वास गरिएको छ। कान्तिपुर दैनिकले समाचार छापेको छ। 

images
प्रकाशित मिति :आश्विन २२, २०८२ बुधवार - २२:०१:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend