Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

काभ्रेपलाञ्चोकमा “कृषकसंग अन्तरक्रिया” कार्यक्रम सम्पन्न

काभ्रेपलाञ्चोकमा “कृषकसंग अन्तरक्रिया” कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

२९, मंसिर २०८२
images
काभ्रेपलाञ्चोकमा “कृषकसंग अन्तरक्रिया” कार्यक्रम सम्पन्न

नाला बसपार्क, काभ्रेपलाञ्चोक समाज विकास तथा वातावरण सुुधार नेपाल (सोडिन नेपाल) को आयोजना तथा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहयोगमा बनेपा नगरपलिका वडा नं. ०४ स्थित नाला बसपार्क, करुणामाई मन्दिर परिसरमा सोडिन नेपालको किसान सशक्तिकरण कार्यक्रम अन्तर्गत मितिः २०८२ साल मंसिर २२ गते “कृषक संग अन्तरक्रिया” कार्यक्रम सम्पन्न भयो ।

सोडिन नेपालका प्रमुुख कार्यकारी अधिकृत श्री कवि पुुडासैनीले सभापतित्व ग्रहण गर्नुु भएको उक्त कार्यक्रममा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका कम्पनी सचिव श्री विष्णुु वराल प्रमुुख अतिथि, बनेपा न.पा., वडा नं. ०४ का कृषि प्राविधिक श्री नवराज घिमिरे अतिथि, सिर्ड नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रतिनिधि श्री रमण काजी सुुवाल अतिथि लगायत त्यस भेग आसपासका कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने आर.के.सि.एन.एल फुुड बैंक लिमिटेडका उप निर्देशक श्री सन्तोष थापाले कार्यक्रम संचालन गर्नुु भएको थियो ।

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहायक कम्पनी आर.के.सि.एन.एल फुुड बैंकले उपभोक्ताहरुलाई सफा र स्वस्थ तरकारी तथा फलफुुल उपलब्ध गराउने उद्देश्यले पनौती–०४, ठाडोबाटो स्थित अत्याधुुनिक ओजोन वासिङ्ग प्लान्ट स्थापनाको अन्तिम चरणमा रहेको, मधेश प्रदेशको सर्लाहि स्थित लालबन्दीमा डल्ले च्याउ उत्पादनको लागि अत्याधुनिक प्लान्ट र त्यसको लागि चाहिने कम्पोष्ट प्लान्ट स्थापनाको अन्तिम चरणमा रहेको, तथा आर.के.सि.एन.एल आईटेक लिमिटेडले कृषि लाई प्रविधि संग जोड्नका लागि ऋयचभ द्यबलपष्लन क्गकतझ ९ऋद्यक्० तथा विभिन्न ब्उउष्अिबतष्यलक हरु तयार गरिरहेको समेत जानकारी दिनुुभयो ।

बनेपा नगरपालिका वडा नं. ०४ का कृषि प्राविधिक श्री नवराज घिमिरेले किसानहरुले विज्ञको सल्लाह सुुझाव नलिने, बजार हल्लाको भरमा र सामान्य पसलमा उपलब्ध विउ, वीजन तथा विषादीको प्रयोग गर्ने, माटो परिक्षण तथा माटोमा पोषण भरणको कार्य नगर्ने, विचौलियाबाट प्राप्त सुुचनालाईमात्र विश्वास गर्ने, भौगोलिक हावापानी र माटो सुुहाँउदो खेती भन्दा पनि परम्परावादी खेतीमा निर्भर हुुन चाहने तथा आफुुलाई प्रविधि मैत्रि बन्न नचाहने भएकोले कषिक्षेत्रबाट सफलता हाँसिल गर्न नसकेको अवस्थामा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले अघि सारेको किसान लक्षित कार्यक्रमहरुको प्रसंशा गर्नुुभयो ।

नाला क्षेत्रका किसानहरुको प्रतिनिधित्व गर्दै कृषक राम प्रसाद संजेलले कृषि उपजको खरिद प्रक्रिया कस्तो हुुने, मुुल्य निर्धारण कसरी हुुन्छ ? भन्दै कम्पनीका कार्यक्रमहरु उत्कृष्ट रहेकोले कम्पनी संग सहकार्य गर्ने प्रक्रियाका लागि म लगायत धेरै कृषकहरु तयार छौं भन्नुु भयो । समाज विकास तथा वातावरण सुुधार नेपाल (सोडिन नेपाल)ले राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहयोगमा कृषकहरुलाई आवश्यक सीप तथा तालिम प्रदान गर्ने, किसानको उत्पादन विक्री गर्न राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड संग सम्बन्ध स्थापित गर्ने, विसादीको प्रयोग तथा यसका सम्भाव्य असरहरुका लागि कृषक अभिमुुखिकरण कार्यक्रम संचालन गर्ने, समाज तथा विद्यालयमा कृषि साक्षरता अभियान संचालन गर्ने, कृषकहरुको सामाजिक सुुरक्षाका लागि पहल गर्ने, समाजका युुवा तथा वालवालिकाहरुलाई कृषि पेशा तर्फ आकर्षित गर्न शहरी तथा ग्रामिण क्षेत्रका विद्यार्थी केन्द्रित “कृषि साक्षरता” कार्यक्रम संचालन, अव्यवस्थित खेति तथा अत्यधिक विसादीको प्रयोग बाट भैरहेको माटोको क्षयिकरण रोक्न “माटो सुुधार” अभियान संचालन गर्ने संस्थाको कार्यक्रम अन्र्तगत यो अन्तरक्रिया कार्यक्रम रहेका र यस पश्चात कृषक परिवार नामक समुुह गठन गरि अगाडी बढ्ने संस्थाका प्रबन्ध संचालक श्री कवि पुुडासैनीले बताउँदै मधेश प्रदेशको धनुुषा र सर्लाहीमा कृषक परिवार गठन गरि सकेको, मकवानपुुरको हेटाँैडा, पर्साको विरगंज आसपासमा रहेका कृषक तथा धादिङ्ग जिल्लामा समेत छिट्टै कृषक परिवारको गठन हुुने समेत जानकारी दिँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुु भयो ।

images
प्रकाशित मिति :मंसिर २९, २०८२ आइतवार - ०७:१८:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend