मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको सुदूरपश्चिम नेपाली समाजको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत निर्वाचनमार्फत चयन भएको छ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षमा गणेश भट्टराई, महासचिवमा हंसा भट्ट, सचिवमा विश्व जैशी तथा कोषाध्यक्षमा सलीना रिमाल निर्वाचित भएका छन्।
त्यस्तै बोर्ड अफ डाइरेक्टर्समा टेक कटुवाल, योगेन्द्र चन्द, केदार विक्रम शाही, रक्षा बनियाँ, सम्झना रावत, शंकरी खड्का, सञ्जु बि.के., निश्चल शाह, दीपक भारती र भीम कुँवर चयन भएका छन्।
