दक्षिण कोरियाको महान चाड चुसकको अबसरमा सन २०११ देखि कोरियामा कृयाशिल संस्था नमस्ते पाल्पा परिवार दक्षिण कोरियाले चुसकको पहिलो दिन सेप्टेम्बर २३/२०१८ तारिकका दिन सुवन स्थित नारायणी प्यालेस रेस्टुरेण्टको हलमा गंगाराम भण्डारी को नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको छ ।
सुशील गाहा मगरको सभापतित्व र राजु रसाईली को प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रममा उपाध्यक्ष मनिष थापा मगर ले स्वागत मन्तव्य बाट कार्यक्रम सिरु भएको थियो । करिब १२ बजे देखि सुरु भएको उक्त कार्यक्रममा कोरियाको बुसान, किमे, थेगु तथा अन्य टाढा टाढाबाट पाल्पालीहरुको सक्रिय उपस्थिति रहेको थियो । मनोरञ्जन सहित औपचारिकरुपमा संचालन भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष झबिन्द्र उचै मगरले संस्थाको आर्थिक तथा प्रगती विवरण प्रस्तुत गरि सभाबाट सर्वसम्मतले पारित गर्यो ।
अतिथिहरु गंगाराम भण्डारी, अर्जुन बिरकट्टा मगर, निरज थापा मगर , बुद्ध ढकाल, राजु रसालीले मन्तव्य व्यक्त गर्दै कोरियाको महान चाड चुसकको शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रम कै अबसरमा नमस्ते पाल्पाका अत्यन्तै सक्रिय सदस्य तथा कोषाध्यक्ष झबिन्द्र उचै मगर सहसचिब रमेश सिंजाली अर्जुन अर्याल र गिरिराज लम्तरी मगरहरुको कोरियाको ४ बर्ष १० महिने अबधी समाप्त गरि नेपाल प्रस्थान गर्नु हुने भएकोले उहाँहरुलाई संस्थाले सम्मान पत्र सहित दोसल्ला ओढाई बिदाई तथा सम्मान गरेको छ ।
उक्त कार्यक्रमका सभापति सुशील गाहा मगरले विधिपुर्बक कार्यक्रम समापन गरि बृहत् अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भयो । अन्तरक्रिया लगतै नयाँ कार्यसमिति चयन गर्न बिद्यार्थी भिसा मा कोरियामा रहनु भएका श्री राजु रसालीको संयोजकत्वमा सुशिल गाहा मगर र बुद्ध ढकाल सहितको ३ सदस्यीय निर्बाचन मण्डल द्वारा सर्बसहमतीको आधारमा गंगाराम भण्डारी को नेतृत्वमा नयाँ १३ सदस्यीय मुल कार्यसमितिको चयन भएको छ । संस्था प्रति बिगतको लामो समयको अनुभव, योग्यता, दक्षता र कार्यकुसलताको उच्च मुल्यांकन गर्दै गंगाराम भण्डारीलाई नै सर्वसहमतबाट नेतृत्वको लागि चयन गरिएको हो ।
नयाँ कार्यसमितिको विवरण यसप्रकार रहेको छ :
अध्यक्ष - श्री गंगाराम भण्डारी
बरिस्ठ उपाध्यक्ष - श्री अर्जुन बिरकट्टा मगर
उपाध्यक्ष - श्री नाकुन मनिष थापा मगर
सचीव - श्री मदन कुमार थापामगर
स.सचीव - श्री रुकु आले मगर
कोषाध्यक्ष - श्री बिष्णु चिदी मगर
स.कोषाध्यक्ष - श्री मिलन खत्री
सदस्यहरु
श्री महेश थापा क्षेत्री
श्री बम राना मगर
श्री चिरन्जिबि पन्थी
श्री शंकर ढकाल
श्री भिम चिदी मगर
श्री अशोक बंशी ठकुरी
सल्लाहकारहरु
श्री सुशिल गाहा मगर
श्री राजु रसाली
श्री बुद्ध ढकाल
श्री निरज मगर