Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए मध्यपूर्व संयोजक शर्मा कतारमा पक्राउ, सुन तस्करीमा संलग्नता सहितको अड्कलबाजी

एनआरएनए मध्यपूर्व संयोजक शर्मा कतारमा पक्राउ, सुन तस्करीमा संलग्नता सहितको अड्कलबाजी

सतीश चापागाईं

७, कार्तिक २०७५
images
  एनआरएनए मध्यपूर्व संयोजक शर्मा राजेन्द्र कुमार कतारमा पक्राउ परेको बुझिएको छ । उनी सुन तस्करी गरेको आरोपमा पक्राउ परेको अमेरिकामा रहेका ब्यबसायी तथा समाजसेवी सानुबाबु सिलवालले बताएका छन् । सिलवालले लेख नै लेखेर यो कुरा सार्बजनिक गरेका हुन् ।   उता, केहि संचार माध्यमले उनी अन्य कारणले पक्राउ परेको बताएका छन् ।   सानुबाबु सिलवालको फेसबुक स्टाटस र सो बिषयमा प्रकाशित केहि सामग्री हामीले जस्ताका तस्तै प्रस्तुत गरेका छौं :   -सानुबाबु सिलवाल​ लेख्छन: सुन तस्करीमा कतारको थुनामा एनआरएनका हाकिम र एन आरएन सस्थाको नाममा मौलाउदै ग​एको तस्करि! एन आर एन आइ सिसिका सभापति भबन भट्टका असलि दाहिना एबम एन आर एनकै गत साल काठमान्डौमा सम्पन्न अधिबेशनबाट मध्यपुर्ब क्षेत्रका लागि क्षेत्रिय संयोजकमा निर्वाचित काठमान्डौ आर के ज्वेलर्स सुनचादि ब्यापारि राजेन्द्र कुमार शर्मा उर्फ आर के शर्मा गत केहि दिन देखि सुन तस्करिमा सम्लग्न भ​एको सुइको र आशँकामा कतार प्रहरि एबम प्रशासनबाट गिरफ्तारि भै अनुसन्धानका लागि कस्डडि अर्थात थुनामा परेपछि ससारभरका एन आर एन भित्र एउटा आँधिबेरि एबम तरङ्ग पैदा गराइदिएको छ यो घट्नाले अहिले। भड्किलो बन्दै गैरहेको एन आर एनका चुनाब​, हिडडुल​, महङ्गा होटल​, हवाइ खर्च र नेपाल एबम अन्य मुलुक आतेजातेको महङ्गो यात्रा, नेपालका नेता एबम दललाइ खिलाउने, पिलाउने एबम चुनाब र बैदेशिक भ्रमणको चाजोपाजोका खर्चबर्चका स्रोतको आधार खोजिरहेका ससारभरका खाट्टी श्रमिकहरुले काम्लो ओढि घिउ खान पल्केका, अनैतिक मार्ग र स्रोतबाट कमाउमा तल्लिन​, एन आर एनको सस्थागत एबम पदिय खोल ओढि तस्करिमा लिप्त​, नेपालका भ्रष्ट नेताहरुको कालो धन प्रयोग गरि कालो धनलाइ सेतो धनमा रुपान्तरण गर्न तल्लिनहरुका बिरुद्द आवाज उठिरहेका बेला मध्यपुर्ब बिशेषत कतारमा एक दशक भन्दा बढि देखि बस्दै आइरहेका बिभिन्न भिषा तस्करि, मनि तस्करि, हुण्डि, मानव तस्करि हुदै सुनचादि तस्करिको खेतिपाति गर्दै आइरहेका आर के शर्माको गिरफ्तारिले एन आर एनको अहिलेको नेत्रित्व​,एन आर एन भित्रका यो सस्था जन्मिए देखि खाइखेलि ठाड भ​एका, कमाउवाला, गलत बाटाहरुबाट कमाइएका धनबाट एन आर एनको सगठन प्रभावित पार्ने मात्रै नभ​एर नेपालका आफ्ना नजिकका नेता, दललाइ पोस्ने, र पाल्ने कार्यमा लिप्त आर के शर्मा जस्ता ब्याक्तिका कारण एन आर एन गन्हाउन थाल्यो। आर के शर्माको गतिबिधिका घटना पहिलो होइनन एन आर एन भित्र। यसभन्दा पहिले मध्यपुर्ब एबम मलेशियामा मानव तस्करि, युरोप एबम अमेरिकामा कार्यक्रमका नाममा मानव तस्करि, मरेका लास माथिको कमाइ, जग्गा दलालि, डलर तस्करि एबम यसभित्र आ आफै कुटामारि, माङ्गमुङ्ग्रिका घटनाहरु नया नौलो होइनन एन आर एनको सस्था भित्र​। यसखाले गतिबिधिका कारण एन आर एन बदनाम खेप्न बाध्य छ​। यस सस्थाका मुल गुरु उपेन्द्र महतो देखि तलसम्म आआफ्ना औकात र हैसियतले भ्याएसम्म सस्थालाइ दहन गरि कमाउन तल्लिन छन यसभित्र​। प्रबासमा श्रम गर्न पटक्कै नरुचाउने, ड्राइ मनि कमाउन बिभिन्न हत्कण्डा प्रयोग गर्ने, प्रबासका ठुला सगठनहरु लगायत एन आर एनको बिभिन्न हत्कण्डाबाट नेत्रित्व हत्याउने, पहिचाहन बनाउने, पहिचान बदल्ने, त्यहि पहिचाहनको आडमा कमाउन तल्लिन झुण्डहरुका कारण एन आर एन बदनामको भुमरिमा फस्दै ग​एकोमा आम एन आर एन बासिहरु चिन्तित भ​एको पाइएको छ​। को हुन त यि आर के शर्मा? आर के ज्वेलर्सका मालिक आर के शर्मा खासमा नेपालको कुख्यात, भ्रष्ट र मुलुक बर्बादिका मुल पात्र पुकदाका खाँट्टी डोनर हुन​। यिनै पुकदालाइ एक करोड रकम हातमा चढाएर एन आर एन मध्यपुर्बको सँयोजक हाता पारेका आर के शर्मा तिनै पुकदाको निर्वाचन क्षेत्र चितवनका बासिन्दा पनि हुन​। जसले गत निर्वाचनमा पुकदाको निर्वाचनमा सक्रिय भुमिका समेत खेलेका कारिन्दा हुन​। तिन श्रीमतिका धनि पतिदेब शर्माका दोश्रो हाल पारपाचुके डिभोर्सवालि माया केसि लामो समय अमेरिकाको बसोबास पछि हाल कतारमा एन आर एन कतारको युथ कोअर्डिनेटरमा सक्रिय छिन भने यिनका आफ्नै भाइ युबराज शर्मा हाल कतार एन आर एनको सचिबमा कार्यरत छन​। यिनि एन आर एनको क्षेत्रिय सँयोजक हुनु पुर्ब सन २०१५ देखि २०१७ सम्मको लागि आइ सिसिको सदस्यमा कार्यरत थिए। पद​, शक्ति, पहुच र पैसा राम्ररि चिनेका र सदुपयोग र प्रयोगमा माहिर शर्मा सबै दलका पहुचवालाहरुसङ्ग चोचोमोचो मिलाउन खप्पिस मानिदा रहेछन​। यिनको लगानि अरब​, नेपालमा मात्रै नभ​एर अमेरिकासम्म छ​। एन आर एन अमेरिकाको सन २०१४ सालको मध्य चुनाबमा सदस्यता धाँधलि, बुथ कब्जा, डाटा कब्जा र डलरको खोलो बगाउदै एन आर एन हत्याउने सोकल्ड सुपर लयर खगेन्द्र जिसिका तात्कालिन मालिक गत आइ सिसि चुनाबमा डलर घुस दिएर काङ्रेस प्रबेस गरि पद हत्याउन खोज्ने सोनाम लामाका दाहिने हात कमल थापाका अमेरिका प्रतिनिधि राप्रपाका लोकनाथ तिवारि जो खगेन्द्र र उनका मार्का काङेर्सको सहयोगमा चुनाब हत्याएर बरिष्ठ उपाध्यक्ष बनेका तिनै तिवारि र खगेन्द्र जिसिबाट सन्चालित लौका, साग​, भन्टा, काक्रो, गाँजर​, खुर्सानिको देखावटी फार्म खेति देखाइ हरेक बर्ष नेपालबाट ५० जना श्रमिक अमेरिका भित्र्याउने मानव तस्करि प्रोजेक्टको पार्टनर साझेदार हुन यि आर के शर्मा। यिनको नेपालमा म्यानपावर​, सुनचाँदि पसल र अन्य क्षेत्रमा समेत लगानि रहेको पाइएको छ र त्यहि सुन पसलको नाममा कतारबाट सुन छिराउने खेतिपाति चलाउदै आइरहेको उनलाइ चिन्ने र जान्नेहरु बताउछन​। को को छन त अहिले शर्मालाइ जोगाउने झुन्डमा? सुन तस्करिमा सम्लग्न भेटिएपछि अनुसन्धान र कार्वाहिका लागि थुनामा राखिएपछि यिनै शर्मालाइ जिउज्यान दिएर जोगाउन ठुलै शक्ति केन्द्र लागिपरेको हामिलाइ सुचना प्राप्त भ​एको छ​। सुन तस्करिमा सम्लग्न भै अनुसन्धानका लागि गिरफ्तारिमा परे पछि यिनलाइ सुद्द र दुधले नुहाइदिन र एन आर एनको साबिककै पदमा कायम राखिराख्न एन आर एन भित्र, नेपालको बर्तमान सरकार​, यसका मालिक पुकदा, कतार स्थित नेपालि राजदुत​, केहि नेपालि सघ सस्थाका प्रतिनिधिहरु खुलेर लाहिरहेका छन यिनलाइ जोगाउन। प्रहरिले समातेर थुन्दैमा अपराधि बन्दैन र उनि निर्दोष देखाउन हड्डी देखिको बल प्रयोग गर्दैछन फेसबुक र सामाजिक सन्जालमा उक्त झुन्ड​। यस्तो गम्भिर आरोपमा थुनिएपछि स्वबिबेकले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने, हाललाइ उक्त अपराधको छिनोफानो नभ​एसम्म निलम्बन गर्नुपर्ने वा उनलाइ बर्खास्ति गरि ससारभरका एन आर एनलाइ सकारात्मक सन्देश प्रबाह गर्नुको साटो दुधले नुहाउन र यो गम्भिर अबस्थाबाट छुटाउन पुर्ब श्रम मन्त्रि टेक बहादुर गुरुङ्गका पिए सल्लाहकार तथा बर्तमान कतारका नेपालि राजदुत जो काङ्रेसको कोटाबाट नियुक्ति भ​एका हुन रमेश कुमार कोइराला, एन आर एनका सभापति भबन भट्ट, महासचिब बद्रि केसि, उपसभापति कुमार पन्त​, यिनका नेता जिवा लामिछानेहरु सक्रिय भैरहेको हामिलाइ खबर प्राप्त भ​एको छ​। महासचिब बद्रि केसिले त खुलेरै सुन ब्यापारि आफ्ना दाहिना आर केको सपोर्टमा पत्राचार जारि गरिसकेका छन​। एन आर एनका सचिब डीबि क्षेत्रि उनलाइ जोगाउने झुन्डका अर्का अगुवा हुन​। आर के शर्मालाइ कार्वाहि नगर्न​, सजायबाट बचाउन नेपालको राजनैतिक शक्तिकेन्द्र पुकदा, सरकार र प्रशासन कतारि सरकारलाइ दबाब दिदै रहेको हामिलाइ खबर प्राप्त भ​एको छ​। कतारमा भ​एका नेपालि सस्थाका अगुवा, एन आर एन समेतको सहभागितामा गत बिहिबार साझ तिनै शर्माका भाइ युबराजबाट डाकिएको बैठकमै उनलाइ सजायबाट मुक्त गरि निर्दोष साबित गर्न सबै लाग्नुपर्ने सर्कुलर गर्न समेत भ्याए। अहिले आर केलाइ जोगाउन मरिहत्ते गर्नेहरु भनेका उनको पैसा चप्काउने, भोलि एन आर एनको चुनाब प्रभाबित गर्न स्रोत सन्चालन गर्ने मक्सदबाट अभिप्रेरित छ​। भबन भट्टलाइ चुनाब जिताउन ठुलै रकम खर्चेका आर के शर्माको यो गिरफ्तारि सानो घटना मान्न सकिदैन​। कतारको प्रहरि एबम प्रशासनसङ्ग प्रमाण र थप जानकारि नभै उनि समातिएका छैनन​। यस्तो अपराधिक कान्डमा यिनलाइ जोगाउने र दुधले नुहाइदिन भबन भट्टको सम्लग्नता भनेको एन आर एन नैतिक एबम सस्थागत बिधिको खिल्लि उडाउनु रहेको र यसबाट सस्थाको साख गिर्ने मात्रै नभ​एर सस्था बर्बादितिर जाने र सस्थाको क्रेडीबिलिटि माथि प्रश्न उब्जिने र यसको असर दिर्घकालिन रुपमा पर्दै जानेमा चिन्तित छन एन आर एनका ससारभरका खाँट्टी एन आर एनका हिमायतिहरु।   यस सम्बन्धमा रोजगार मंच लेख्छ: कतारमा सफल नेपाली व्यवसायीको पहिचान बनाएका गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा (आरके) कतारमा केही दिनदेखि अज्ञात अवस्थामा रहेको खबर सार्वजनिक भैरहदा उनलाई सामान्य सोधपुछका लागि कतार प्रहरीले लगेको पुष्टि भएको छ । केहि दिन अघि आफ्नो कार्यालयबाट नै केही सेता लुगा लगाएर आएका व्यक्तिले लिएर गएको पारिवारिक स्रोतले जानकारी दिइरहदा शर्माको अवस्था बारे अहिले साझ उनी परिवारको सम्पर्कमा आएको उनका भाई युवराज शर्माले बताए । केहि दिन अघि कतारमा आयोजित एक नेपाली सांस्कृतिक कार्यक्रममा प्रर्दशन गरिएको नाटकको विषयवस्तुका कारण शर्मालाई सोधपुछका लागि लगिएको बुझिएको छ । उक्त नाटकमा नेपाली कामदार माथि रोजगारदाताले दिएको पीडा पनि समेटिएको थियो र त्यस कार्यक्रममा शर्मा विषेष अतिथी थिए । शर्मासहित अन्य ३ जना नेपाली समेत सम्पर्क बाहिर रहेको बताइएको थियो । नेपाली कलाकार ल्याएर केही अगाडि गरिएको कार्यक्रम लगत्तै शर्मासहित सो कार्यक्रमका आयोजक शक्ति क्षेत्री, कलाकार रित कुमार श्रेष्ठ, कृष्ण ढकाल र राम बोहरा समेत सोही दिनदेखि सम्पर्क बाहिर रहेका थिए । कतारमा विभिन्न कार्यक्रम नेपाली समुदायले गर्ने गर्दछन् । कतारमा प्रहरी वा सिआइडीलाई शंका लागेमा जोकोहीलाई सोधपुछका लागि लान सक्ने प्रावधान छ । ‘केही दिनदेखि हाम्रो सम्पर्कमा दाई हुनुहुन्न, हामीले कतार प्रहरीमा निवेदन पनि दियौ आज बल्ल उहाँसँग सम्पर्क भयो’ शर्माका भाई युवराज शर्माले भने–‘आफ्नो मान्छे हराएर परिवार दुःखमा रहेको बेला केही संचार माध्यमले झुटा आरोप सहित पक्राउ परेको भ्रामक समाचार प्रकाशित गर्दा ठूलो चोट पुगेको छ ।’ शर्माको अवस्था अज्ञात भए लगत्तै एनआरएनएका महासचिव डा बद्री केसीले खोजि कार्यमा सहयोग गर्न दूतावासलाई आग्रह गरिएको जानकारी दिएका थिए । शर्माको चरित्र हत्या गर्ने गरी केही मिडियाले भ्रामक समाचार अनुमानका आधारमा लेखेकोमा उनका समर्थक तथा एनआरएन सचिवालयले खेद प्रकट गरेका छन् ।    

images
प्रकाशित मिति :कार्तिक ७, २०७५ बुधवार - २०:२३:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend