Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

प्रधानमन्त्री ओली बिरामी, 'फूड न्युट्रिसियन' सहित चिकित्सकको टोली बालुवाटारमा

प्रधानमन्त्री ओली बिरामी, 'फूड न्युट्रिसियन' सहित चिकित्सकको टोली बालुवाटारमा

सतीश चापागाईं

११, कार्तिक २०७५
images
काठमाडौँ : विगत दुई दिनदेखि निवासमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले बालुवाटारमा क्याबिनेट चिकित्सक कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्माले हेरिरहेका छन्।   प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह भने अहिले देश बाहिर छिन्।   शर्माका अनुसार फुड न्युट्रिसियनका रुपमा डा. सन्तकुमार दास पनि बालुवाटार पुगेका छन्। फुड न्युट्रिसियनले कस्तो रोगीलाई कस्तो खान दिने, कति खान दिने भनी 'डाइट' निर्धारण गर्ने काम गर्छन्।   डा. दास त्रिवि शिक्षण अस्पतालमा जनरल मेडिसिन विभागमा कार्यरत छन्।   डा शर्माका अनुसार प्रम ओलीको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुँदैछ। उनलाई तीन दिन दिन आराम गर्न निर्देशन दिइएको छ। उनले  भने, 'हिजोको भन्दा स्वास्थ्य अवस्था सुधार हुँदैछ।'   प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आइतबार बिहान जारी गरेको प्रेस नोटमा पनि प्रधानमन्त्रीको 'ज्वरो नियन्त्रणमा आई स्वास्थ्यमा क्रमिक सुधार भइरहेको' उल्लेख छ। प्रधानमन्त्री आइतबार छोटो समयका लागि बालुवाटारमै बसेको मन्त्रिपरिषद् बैठकमा पनि सहभागी भएका थिए। बैठक बिहान ११ बजे बस्ने भनिए पनि अपराह्न ३ बजेपछि बसेको थियो।   आइतबारको आइसिसी विश्वकप ट्रफी प्रधानमन्त्रीले सार्वजनिक गर्ने कार्यक्रम भने रद्द भएको थियो।   यसअघि शनिबार भृकुटीमण्डपमा सत्तारुढ ने क पाले गरेको चियापान समारोहमा अनुपस्थित भएपछि उनी अस्वस्थ भएको सार्वजनिक भएको थियो।   पार्टी महासचिव विष्णु पौडेलले पत्रकारहरुलाई प्रधानमन्त्री अस्वस्थ भएको जानकारी गराएका थिए।   शुक्रबार अपराह्न प्रधानमन्त्री ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोभास्कुलर सेन्टर लगिएको थियो।   नाम उल्लेख नगर्ने शर्तमा चिकित्सकले दिएको जानकारी अनुसार सुरुमा इमर्जेन्सीको संकेत देखिएकोले लाना साथ शिक्षण अस्पतालमा आइसियुमा राख्न बेड तयार पारिसकिएको थियो। तर एक्सरे गरेपछि आइसियुमा नराखी घरमै बस्ने र आराम गर्ने सल्लाह चिकित्सकहरुले दिएका थिए। पहिलोपोस्ट

images
प्रकाशित मिति :कार्तिक ११, २०७५ आइतवार - १७:४३:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend