Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

महापुराण बाल्टिमोर छैठौं दिनमा कलाकार मदनकृष्ण आउने

महापुराण बाल्टिमोर छैठौं दिनमा कलाकार मदनकृष्ण आउने

सतीश चापागाईं

१७, श्रावण २०७५
images
(पुजा शुरु ठिक २:०० - ८:०० बजे) #विशेष_आकर्षणका रुपमा बाल्टिमोर महापुराणको आजको छैठौं दिन नेपालबाट आउनुभएका वरिष्ठ कलाकार श्री मदन कृष्ण श्रेष्ठ ज्युको विशेष उपस्थिति रहने र उहाँका भक्तिभजनका केहि सुमधुर गितसंगित समेत प्रस्तुति रहने सबैमा सहर्ष जानकारी गराउँदै यस विशेष अवसरमा सम्पुर्ण भक्तजनहरुलाई सपरिवार उपस्थितिको लागी चुल्है निमन्त्रणा टक्र्याउँछौं। आउनुहोस्, हिन्दु बुद्ध मन्दिर, बाल्टिमोर - मेरिल्याण्डको विशेष आयोजनामा ख्यातिप्राप्त बाचक वाचनप्रवीण श्री दीनबन्धु पोखरेल ज्युको प्रमुख वाचकत्वमा संचालित बाल्टिमोर महापुराण 2018 मा उपस्थित भएर श्री मद्भागवत महापुराण कथा श्रवण गरि पुन्य कमाउनु होस् । पुजा/ भजन किर्तन/ कथा बाचन समय : आज बिहिवार दिनको २:०० बजे देखी ८:०० बजे सम्म मात्र। (नोट: #आज अगस्ट २ तारिख बिहिवार पुजा ठिक २:०० बजे शुरु हुनेछ भने थुप्रै भक्तजन परिवारहरुको विशेष अनुरोधमा बाल्टिमोर महापुराणको #अन्तिम दिन भोलि अगस्ट ३ तारीख शुक्रबारका दिन भने बिहान ११:०० बजे देखी नै पुजा शुरु हुने ब्यहोरा जानकारी गराउँदै यसै अनुसार तयारीगर्न हुन पनि सबैलाई अनुरोध गर्न चाहन्छौं।) ..यस महायज्ञ र हिन्दु बुद्ध मन्दिर निर्माणको यस महान अभियानलाई भब्य रुपमा सफल बनाउन आउनुहोस् हामी सबैले हातेमालो गरौं। - Nepali American Cultural Center of Baltimore (NACC) परिवार स्थान: हिन्दु बुद्ध मन्दिर, बाल्टिमोर 12231 Harford Rd Glen Arm Maryland 21057

images
प्रकाशित मिति :श्रावण १७, २०७५ बिहिवार - ११:११:३२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend