Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बाल्टिमोरमा थप नेपाली भाषा कक्षा संचालन

बाल्टिमोरमा थप नेपाली भाषा कक्षा संचालन

सतीश चापागाईं

१, माघ २०७५
images
TEC Nepalese Society,Baltimore द्दारा 2019 January 1st week बाट नेपाली भाषा कक्षा सफलतापूर्वक संचालनमा गरिएको छ । Security square महल नजिक रहेको Tuscany wood Apartment मा कक्षा संचालन भै रहेको छ । हाल लाई सबै शिक्षकहरूले निशुल्क स्वयमसेवकको रूपमा पढाई रहेका छन । कुनै पनि आफ्नो भवन र स्थानको अभावमा आलोपालो गरि शिक्षकहरूको living room मा कक्षा संचालन गरिरहेका छन। लाइब्रेरी वा अन्य टाढा स्थानमा कक्षा संचालन गर्दा सबै संग निजि कार र यातायातको समस्याले गर्दा apartment मा शुरू गरेको शिक्षिकाहरू बताउछन । हाललाई Pre k to 1st grade - junior र 2nd grade - 5 th grade up - Senior गरि दुई कक्षा Saturday and Sunday संचालन हुदै आएको छ ।हाल बिध्यार्थिहरूको संख्या करिव ३० रहेको र अझै बढ्न सक्ने शिक्षिकाहरू बताउछन । हाल सम्म निशुल्क रूपमा कक्षा संचालन गरिएको छ । भबिष्यमा बिध्यार्थिहरूको संख्या बढ्दै गएमा अभिभावकहरू संग छलफल गरि स्थान, शुल्क निर्णय गर्ने र दिर्घकालिन योजना वनाउने TEC Nepalese Society ले जनाएको छ । त्यस क्षेत्र वरिपरी बस्ने कुनै अभिभावकले बिध्यार्थि भर्नाको लागि सम्पर्क गर्नु परेमा निम्न शिक्षिकाहरू संग सम्पर्क गर्न सक्नु हुन्छ । 1. यमुना गौतम - 4433747184 2. सुधा सापकोटा - 2408135186 TEC Nepalese Society Baltimore र Howard county(Tuscanywood/Security square mall, Catonsville, Ellicott City, Elkridge, Columbia) वरपर बस्ने नेपालीहरूको एउटा सामाजिक समुह हो । जहाँ हाल सम्म कुनै नेपाली राजनिती, पद, पैसा र प्रतिष्ठाको फोहोरी राजनिती छिरेको छैन ।आपसी सल्लाह गरि आलोपालो गरेर नेतृत्व र कार्यक्रमहरू संचालन गर्ने गर्छन र आर्थिक पारदर्शितामा अब्बल मानिन्छ ।

images
प्रकाशित मिति :माघ १, २०७५ मंगलवार - १२:२८:४१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend