Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

रक्तदानमा सकृय बन्दै ड्यालासका नेपाली युवा

रक्तदानमा सकृय बन्दै ड्यालासका नेपाली युवा

सतीश चापागाईं

८, फाल्गुण २०७५
images
ड्यालास, ड्यालासमा रहेका नेपाली युवाहरु रक्तदानमा थप सकृय हुन लागेका छन् । आगामी आईतबार ड्यालास रहेको नेप स्टार अफ डिएफ डब्लु क्लबले ब्लड डोर्नस अफ अमेरिका र एनसीएससीसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेर युवाहरुलाई थप सकृय गराउन लागेको हो । नेपस्टारका अध्यक्ष नारायण क्षेत्रीका अनुसार युवाहरु मनोरञ्जनमा मात्र नभएर रक्तदान जस्ता पवित्र कार्यमा पनि थप सकृय गराउने उद्धेश्यका साथ क्लबले कार्यक्रमका लागि अग्रसरता लिएको हो । यसै बर्षदेखी औपचारीक रुपमा काम गर्न थालेको क्लबमा सकृय युवाहरुका साथै ड्यालासका धेरै नेपालीको उपस्थितीका लागि क्लबका अध्यक्ष क्षेत्रीले आग्रह गरेका छन् । रक्तदान पवित्र कार्य भएको र नेपालीहरु अमेरिकाभर सकृय भएकोमा खुशी ब्यक्त गर्दै ब्लड डोर्नस अफ अमेरिका ड्यालास च्याप्टरका अध्यक्ष शिब काफ्लेले पनि उपस्थितीका लागि सबैसंग आग्रह गरेका छन् । रक्तदान कार्यक्रम आईतबार १० बजेदेखी ३ बजेसम्म नेपाली मन्दीर अर्भिगंमा हुने छ ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७५ बुधवार - २१:०७:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend