Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

पूर्वप्रेमिकालाई यस्तो सन्देश पठाउँदा प्रहरीको फन्दामा

पूर्वप्रेमिकालाई यस्तो सन्देश पठाउँदा प्रहरीको फन्दामा

सतीश चापागाईं

२४, फाल्गुण २०७५
images
  फागुन २५, २०७५ काठमाडौं – राजधानीको एउटा कलेजमा स्नातक तह अध्ययनरत एक युवती शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा छट्पटाउँदै थिइन्। फेसबुक म्यासेन्जरमा उनका पूर्व ब्वाइफ्रेन्डले पठाएको सन्देश ज्यादै उच्छृंखल थियो। सुरुमा दुवैबीच राजीखुसीमा शारीरिक सम्पर्क भयो। युवकको आर्थिक स्थिति बुझेपछि उनले परिवारकै सल्लाहमा अर्को युवकसँग बिहे गरिन्। बिहे भएको केही दिनमै उनका पतिको फेसबुक म्यासेन्जरमा पूर्वप्रेमीले पहिलेका शारीरिक सम्पर्कका तस्बिर पठाए। दैनिकजसो म्यासेन्जरमा उत्छृंखल फोटो आउन थालेपछि पतिसहित उनले प्रहरी गुहारे। प्रहरीले पूर्वप्रेमीलाई पक्राउ गर्‍यो। उनी प्रहरीसँग भन्दै थिए, ‘मलाई छाडेर अर्कैसँग बिहे गरेपछि रिस थाम्न नसकेर फोटो पठाएको हुँ।’ प्रहरीले ती युवकलाई विद्युतीय अपराधमा मुद्दा दर्ता गर्न परिसर पठाएको छ। गएको महिना अर्को घटना महाशाखामा आयो। कीर्तिपुरमा डेरा बस्ने २२ बर्से युवक पूर्वप्रेमिकाबाट पीडित थिए। एक युवतीसँग फेसबुकमै उनको चिनजान भयो। युवती राजधानीको एउटा एजुकेसन कन्सल्टेन्सीमा काम गर्थिन्। दुवै कहिले गोदावरी त कहिले थानकोट पार्क घुम्न गए। उनको डेरामा शारीरिक सम्पर्क पनि भयो। दुवैले सहमतिमै यौन क्रियाकलापका फोटो खिचेका थिए। युवकले अर्कैसँग विवाह गरे। त्यसको एक सातापछि प्रेमिकाले उनीसहित पत्नीको फेसबुकमा पहिलेका नग्न तस्बिर पठाइन्। दम्पती प्रहरीमा पुगे। प्रहरीले ती युवतीलाई पक्राउ गर्‍यो। उनको एउट मात्र गुनासो थियो। बिहेपछि पनि युवकले उनलाई बिहे गर्छु भन्दै डाँटेर बारम्बार यौन सम्पर्क राखेपछि तस्बिर पठाएको बताइन्। गोपनीयताका लागि मुद्दामामिला नगर्ने बताएपछि प्रहरीले उनीहरूलाई सम्झाइबुझाइ गरेर छाड्यो। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । महाशाखामा परेका उजुरीमध्ये यी दुई घटना फेसबुक दुरूपयोगका प्रतिनिधि मात्र हुन्। कलेज ड्रेसमै दैनिक ७–१० युवायुवती फेसबुक दुरूपयोगका उजुरी गर्न महाशाखा पुग्छन्।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७५ शुक्रवार - २१:३४:४१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend