Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

काठमाण्डौमा ३ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट, आन्तरिक उडान भद्रगोल: हावाहुरीको प्रभाव

काठमाण्डौमा ३ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट, आन्तरिक उडान भद्रगोल: हावाहुरीको प्रभाव

सतीश चापागाईं

१७, चैत्र २०७५
images
काठमाण्डौ - हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान तथा अवतरण प्रभावित भएका छन् । बेलुकी सवा ६ देखि ६ बजेर ४० मिनेटसम्म विमानस्थल बन्द हुँदा कैयौं आन्तरिक र बाह्य उडान बन्द भएका छन् । हावाहुरीका कारण काठमाण्डौमा अवतरण हुन नसक्दा ३ वटा जहाज डाइभर्ट भएका छन् । विमानस्थलका अनुसार चीनको ग्वानझाउबाट आएको चाइना साउदर्नकाे जहाज लखनउ डाइभर्ट भएको छ । यस्तै फ्लाइ दुबई पनि लखनउ डाइभर्ट भएको छ भने दोहाबाट काठमाण्डौ आइरहेको कतार एअरवेजको जहाज कोलकाता डाइभर्ट भएको छ । साँझको व्यस्त समयमा विमानस्थल बन्द हुँदा एक दर्जन आन्तरिक उडान तथा अवतरण प्रभावित भएका छन् । बुद्ध एअरका मात्रै चार वटा जहाज डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनाएको छ । डाइभर्ट भएका जहाज मौसममा सुधार भएसँगै त्रिभुवन विमानस्थल आउने पनि कार्यालयले जनाएको छ । उज्यालो बाट ।

images
प्रकाशित मिति :चैत्र १७, २०७५ आइतवार - ०९:२०:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend