राजु पराजुली बाल्टिमोरका नेपालीका लागि परिचित नाम हो । समाजसेवा र ब्यबसाय दुवै काममा सक्रिय पराजुली अमेरिकामा एक दशकदेखी अनवरत सक्रिय छन् । बानाका निबर्तमान सचिव राजु पराजुली बाल्टिमोरका एक सफल युवा ब्यबसायी पनि हुन् । राजु पराजुली बाल्टिमोरको चर्चित रेष्टुरेन्ट ताज प्यालेसका संचालक हुन् । यो रेष्टुरेन्ट ईन्डियन र नेपाली स्वादका खानाका लागि मेरिल्याण्ड मै पहिलो नम्बरमा पर्दछ । उनको एउटा ग्यास स्टेशन पनि छ ।
हस्पिटालिटी व्यवसायमा सानैदेखि संग्लन पराजुली झन्डै बिस बर्षदेखी बिभिन्न देशमा कार्यरत छन् । उनले कामका शिलशिलामा दुबई, अष्ट्रेलिया र युरोपका बिभिन्न देशमा पुगेर धेरै नै अनुभव पनि बटुलेका छन् । नेपालमा हाईड्रो र पर्यटनका क्षेत्रमा पनि उनले लगानी गरेका छन् । लम्जुङ्गको आफु जन्मेको गाउँमा सानैदेखि सामाजिक सेवाका काममा सक्रिय हुने बानिलाई पराजुलीले अमेरिकामा पनि छाडेनन ।
अमेरिका आएको बर्षदेखी नै उनी यहाँको संस्था बानाको सदस्य बने । बानामा उनले सदस्य र सचिव पदमा रहेर सफल कार्यकाल सम्पन्न गरिसकेका छन् । लम्जुङ्ग सेवा समाजमा पनि उनी उत्तिकै सक्रिय छन । यी बाहेक अन्य सामाजिक संघसंस्थाहरुका हरेक गतिविधिहरुलाई पराजुलीले तन, मन र धनले सहयोग गर्दै आएको कुरा मेरिल्याण्डबासीलाई घाम जत्तिकै छर्लंग छ ।
बाल्टिमोरको व्हाइट मार्शमा आमा, बुबा, श्रीमती र दुई छोरासंगै बस्दै आएका पराजुलीले एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरमा उमेद्वारी दिएपछी सबै जनामा एउटा उत्साह छाएको छ ।
"नेपाली समाजको एकता, हाम्रो प्रतिबद्दता" भन्ने मूल नाराका साथ पराजुलीको टीम निर्वाचनमा होमिएको छ ।यो पदमा विजयी भएमा मेरिल्यान्डको समाज एक गरेर समुदायका हीतमा बिभिन्न रचनात्मक काम गर्ने आफ्नो उद्देश्य रहेको पराजुली बताउछन ।