Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

विदेशको पीडा समेटिएको 'थाकीसकें' (भिडियो सहित)

विदेशको पीडा समेटिएको 'थाकीसकें' (भिडियो सहित)

सतीश चापागाईं

११, बैशाख २०७६
images
संगीतकार शिखर सन्तोष, गायक सनुप पौडेल र गीतकार एभरेष्ट केसीको सहकार्यमा 'थाकीसकें' बोलको नयाँ गीत सार्बजनिक भएको छ । यो गीतको एरेन्जर फणिन्द्र राई हुन् । देश छोडेर विदेश जाँदाका कैयन समस्या मध्येको एउटा समस्यालाई गीतले उजागर गरेको छ । "मानव तस्करहरुको जालोमा फसेर बिदेशमा नारकीय जीवन बिताउन बाध्य नेपाली चेलीको दुख यो गीतमा समेटिएको हो" -संगीतकार शिखर सन्तोषले नेप्लिज डायस्पोरासंग भने । यो गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । जसमा, सनुप पौडेल, निशा तामांगले अभिनय गरेका छन् । टेकेन्द्र शाहसीको निर्देशन र सम्पादनमा उक्त म्युजिक भिडियो बनेको हो । बजारमा आएकै दिन गीतले धेरै दर्शक, स्रोताको ध्यान तानेको संगीतकार शिखर सन्तोषले जानकारी गराए ।

images
प्रकाशित मिति :बैशाख ११, २०७६ बुधवार - २२:१७:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend