Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

धन कमाउन मलेसिया गएका पाल्पाका दिनेश तीन वर्षदेखि बेपत्ता

धन कमाउन मलेसिया गएका पाल्पाका दिनेश तीन वर्षदेखि बेपत्ता

सतीश चापागाईं

६, भाद्र २०७५
images
  पाल्पा । मलेसियामा पैसा कमाउन गएका पाल्पा जिल्लाको माथागढी गाउँपालिका–२, रुप्सेका दिनेश झेडी तीन वर्षदेखि बेपत्ता भएका छन्। दिनेश तीन वर्षदेखि घरपरिवारसँग सम्र्पकविहीन छन्। लामो समयदेखि सम्र्पक हुन नसक्दा घरपरिवार चिन्तित बन्दै गएका छन्। पैसा कमाउन गएको छोराले घरमा फोनसमेत नगर्दा परिवारका सबै पीडामा रहेको बुवा गुनबहादुर झेडीले बताए। ऋण खोजेर पैसा कमाउन गएको तर घरपरिवारसँग सम्पर्क नहुँदा परिवारमा समस्या थपिएको छ। मलेसिया गएको पाँच वर्ष भइसकेको तर दुई वर्षको अवधिसम्म घरपरिवारसँग सम्पर्क हुने गरेपनि त्यसपछि सम्र्पक हुन नसकेको गुनबहादुरले बताए। विदेशबाट छोराको फोन आँउछ की भन्दै टेलिफोनको आशामा दिनरात बितेको आमा गीता झेडीको भनाइ छ। उनका जेठा दाइ सुन्दर झेडीले मलेसियामा रहेका नेपालीलाई सामाजिक सञ्जालमार्फत भाइको खोजी गरिदिन अनुरोध गरेका छन्। स्थानीय बासिन्दा तथा अगुवा युवा नवराज पन्थीले मलेसियामा रहेका नेपाली दाजुभाइलाई दिनेश झेडीलाई खोजेर घर पठाउन अनुरोध गरेका छन्। नेपाली युवा विदेशमा गएर परिवारको सम्र्पकमा नआउँदा परिवारमा समस्या हुँदै आएको छ। आजको खबर

images
प्रकाशित मिति :भाद्र ६, २०७५ बुधवार - २०:०९:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend