Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

वैदेशिक रोजगारमा जानेका छोकाछोरीलाई छात्रवृत्तिका लागि आवेदन आह्वान

वैदेशिक रोजगारमा जानेका छोकाछोरीलाई छात्रवृत्तिका लागि आवेदन आह्वान

नेप्लिज डायस्पोरा

१३, कार्तिक २०८२
images
वैदेशिक रोजगारमा जानेका  छोकाछोरीलाई छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौँ । सरकारले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले यही कात्तिक ३ गते एक सूचना प्रकाशन गरी आवेदन आह्वान गरेको हो ।

 

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई तोकिएको अवधिभित्र मृत्यु, अङ्गभङ्ग वा विरामी भई कल्याणकारी कोषबाट यस सचिवालयमार्फत शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततीलाई वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आह्वान गरिएको जनाइएको छ ।

 

 

आफू अध्ययनरत रहेकै शैक्षिक संस्थामा वैदेशिक रोजगार सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसुची (१) बमोजिमको ढाँचामा यही कात्तिक मसान्तभित्र निवेदन पेस गर्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरिएको छ  ।

images
प्रकाशित मिति :कार्तिक १३, २०८२ बुधवार - ०८:४१:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend