Logo

आइतवार, कार्तिक २३ गते २०८३   |   2026 November 08

images

images

प्रवासी नेपाली मञ्चको अध्यक्षमा थापा, सचिवमा सिम्खडा, नवनिर्वाचितहरुको नामावली सहित

प्रवासी नेपाली मञ्चको अध्यक्षमा थापा, सचिवमा सिम्खडा, नवनिर्वाचितहरुको नामावली सहित

नेप्लिज डायस्पोरा

२२, कार्तिक २०८३
images
प्रवासी नेपाली मञ्चको अध्यक्षमा थापा, सचिवमा सिम्खडा, नवनिर्वाचितहरुको नामावली सहित

काठमाडौं, कात्तिक २० । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीको अध्यक्षमा अमेरिकाका प्रभुराम थापा विजयी भएका छन् ।

 

अमेरिकाको बाल्टिमोर निवासी लमजुङका प्रभुराम थापा अध्यक्षमा निर्विरोध निर्वाचित हुँदा उपाध्यक्षमा निवर्तमान कमिटीका सचिव चानक पोखरेललाई पराजीत गरी युइर्एका टकबहादुर गुरुङ, सचिवमा जर्मनीका सन्तेष भट्टराईलाई हराएर बेलायतका रामशरण सिंखडा र उपसचिवमा जापानका सुरेश केसीलाई हराएर अमेरिकाका कृष्णप्रसाद लामिछाने निर्वाचित हुनुभएका हुन्। 

 

उपसचिव महिलामा भने अध्यक्ष थापाजस्तै इजरायलकी ज्योतीदेवी शर्मा निर्विरोध भएकी छन् ।

 

यस्तै सदस्यहरुमा मध्यपूर्व महादेशका चार सदस्यबाहेक सवै महादेशमा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचित हुनेमा कृष्णप्रसाद आचार्य, चन्द्रबहादुर गुरुङ्ग, तेजबहादुर कटवाल, प्रभात त्रिपाठी, विनेशकुमार तामाङ, इन्दिरा कटवाल, रश्मी राई (गुराँस), इन्द्रप्रसाद ओली र गोविन्दप्रसाद पौडेल छन् ।

 

यसैगरी चन्द्रकान्त आचार्य, टिकाराम सापकोटा, सत्यनारायण झा, सुरेन्द्र थपलिया, चन्द्राकुमारी गुरुङ्ग र सरस्वती केसी, प्रकाश बस्नेत, रमेश प्रसाद धिताल, कुन्ती थापा, अनित थपलिया, बसन्त राई, रामचन्द्र लोप्चन, डा. सन्जु कुमारी पौडेल, केशव जोशी, बालगोपाल उपाध्याय, माधव शाह र सीता केसी थापा निर्वाचित भएका छन्।

 

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले एमाले केन्द्रीय कार्यालयमा इञ्चार्ज एमाले उपमहासचिव लेखराज भट्ट र संगठन विभाग प्रमुख सचिव भानुभक्त ढकालको उपस्थितिमा अध्यक्ष प्रभु थापाले शपथ गराउनु भएको छ ।

 

अधिवेशनको उद्घाटन पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)का वरिष्ठ नेता विद्यादेवी भण्डारीले गरेकी थिइन् । 

images
प्रकाशित मिति :कार्तिक २२, २०८३ शनिवार - २२:१४:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend