Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

मञ्जरासँगको क्षणिक सङ्गत गर्दा -हरिप्रसाद गजुरेल

मञ्जरासँगको क्षणिक सङ्गत गर्दा -हरिप्रसाद गजुरेल

नेप्लिज डायस्पोरा

२०, कार्तिक २०८३
images
मञ्जरासँगको क्षणिक सङ्गत गर्दा -हरिप्रसाद गजुरेल

बालकृष्ण गजुरेल विरचित मञ्जरा उपन्यास गद्य काव्य हात पर्‍यो । भित्र पस्नु पूर्व उपन्यासको व्युत्पत्ति बारे

यसो घोत्लिन मन लाग्यो ।

उपसर्ग-नजिक, सामिप्य वा सहायक भन्ने अर्थ बोकेको उपसर्ग हो । न्यास-नि अस् धातुमा प्रत्यय लागेर राख्नु वाव्यवस्थित गर्नु, यसरी बनेको उपन्यास संस्कृतको तत्सम शब्द हो भन्ने पुष्ट्याइँ संस्कृत व्याकरणले गरेको छ ।

परिभाषा:

आधुनिक साहित्यले निर्दिष्ट गरे अनुसार विशेषतः गद्यमा लेखिएको विस्तृत आख्यानात्मक साहित्यिक विधालाईउपन्यास शब्दले सम्बोधन गरिएको पाइयो ।पूर्वीय साहित्यको अनुसार-संस्कृत गद्य काव्यको योगदान झनै उल्लेख्य छ ।

१. कादम्बरी-बाणभट्ट सातौँ शताब्दी आसपासको हो र यो संस्कृतको गद्य कथा हो । बाणभट्टको निधनपछि

उनका छोरा भूषण भट्टले बाँकी अंश पूरा गरे भन्ने मान्यता छ ।

२. वासवदत्ता-सुबन्धु ।

३. दशकुमार चरित्र-दण्डी ।

४. कथासरित्सागर-सोमदेव एघारौँ शताब्दी । यी कृतिहरू उपन्यास विकासपूर्वका महत्त्वपूर्ण गद्यात्मक

आख्यान कृतिहरू मानिएका छन् ।

 

पाश्चात्य इतिहास

लामो समय अघिदेखि परम्परागत कथाहरू सुन्ने र सुनाउने कार्यबाट अगाडि बढेको पाइन्छ । आधुनिकउपन्यासको सुव्यवस्थित विकास भने युरोपमा सोह्रौँदेखि अठारौँ शताब्दीबाट भएको हो भनिन्छ । ग्रीक तथारोमन साहित्यमा हेलियोडोरसको Daph and Chhoe, लङ्गस जस्ता कृतिहरू युरोपका आख्यानात्मकउदाहरण मानिएका छन् ।

नेपाली उपन्यास साहित्यको इतिहास:

प्रारम्भ मितिबारे विद्वानहरूको मतैक्य नभए पनि शक्तिवल्लभ अर्यालको महाभारत विराटपर्व, हास्यकदम्ब रगिरीशवल्लभ जोशीको वीर चरित्र पहिलो भाग (वि.सं. १९५६) र दोस्रो भाग (वि.सं. १९६०) प्रकाशितभएपछि माध्यमिक कालको प्रतिनिधित्व भएको मानिन्छ ।आधुनिक काल यहाँबाट सुरू भएको मानिन्छ ।

रूपमती – रुद्रराज पाण्डे (वि.सं. १९९१)

मुलुक बाहिर – लैनसिंह वाङ्देल (वि.सं. २००४)

बसाइँ – लीलबहादुर क्षेत्री (वि.सं. २०१४)

एक चिहान – हृदयचन्द्रसिंह प्रधान

सेतो बाघ – डायमनशमशेर राणा

मञ्जरी र तीन घुम्ती – बी.पी. कोइराला

शिरीषको फूल – पारिजात आदि आदि ।

यी चाङ चुलीपछि युगचर्चित नेपाली साहित्याकाशमा लगभग पचासौँ उपन्यासहरू एकपछि अर्को गर्दै क्रमशः

थपिने क्रममा छन् । सोही क्रममा मञ्जरा उपन्यास पनि थपिन आइपुगेको पाएँ । अब केही क्षण मञ्जरमा प्रवेशगर्दाको अनुभूति बारे उल्लेख गर्ने अनुमति मागँ है त ।सिन्धुपाल्चोकको अत्यन्त विकटताले लछप्पै पोतिएको र प्रकृतिक सम्पदाले भरिपूर्ण हेलम्बु-६ मा स्थायीबसोबास गरी बस्ने श्री गोपिकृष्ण गजुरेलको लागि तथा दुर्गा प्रसाद गजुरेल एवम् आमा धनकुमारी (विन्दा)गजुरेलको जेठो छोराको रूपमा अवतार लिएर यस धराधाममा अवतरित भएका हुन्: बालकृष्ण गजुरेल ।मेलम्ची खोला किनारमा रहेको खोलेरुम्टो भन्ने सानो टुक्रो टारी खेतमा चिटिक्क परेको घर बनाएर बसेका बुबाआमाका काखमा खाइखेली दुःख र अभावसँग पौँठेजोरी खेल्दै हुर्कीकन त्यहि अलि माथि रहेको महेन्द्रमाध्यमिक विद्यालयबाट माध्यमिक तह सफलतापूर्वक उत्तीर्ण त गरे तर घरमा बुबा अशक्त, दम र खोकीलेदपेटिरहेको अवस्था र भाइ बहिनीको पठनपाठनमा ध्यान दिनु कि बाली लगाउने र भित्र्याउने कार्यमा लाग्नेभन्ने मनस्थितिबाट जसरी तसरी उच्च शिक्षा हासिल गर्न काठमाडौं जानुको विकल्प नभएपछि काठमाडौमै डेरागरीकन स्नातकोत्तर शिक्षा पूरा गरेका उनी मेलम्चीमा अचानक आएको भीषण बाढीले उक्त घरखेत लगेरबगरमा परिणत गरेको पीडालाई धैर्यमा रूपान्तरण गरीकन बा आमा सहित काठमाण्डौ डेरामा राखेर घरबनाउने ठेकेदारसँग अनुरोध गरेर गिटी, बालुवा, सिमेन्ट लगायतको कुल्ली काम गरेर जोगाड गरेको केहीरकमले गाउँमै थोरै पाखो बारी किनेर सानो घर त बनाए त्यो पनि भूकम्पले भुतलेर पुन बिजोग बनेपछिअस्थायी जागिरमा लागेर फेरी घर तयार गरीकन साहित्यिक क्षेत्रमा लागेर पनि लघुकथा संग्रह ( वि.सं.२०८२ ) प्रकाशन गरेका मात्र छैनन्‌ कयौं फुटकर कविता, गजल,गीत र कथाहरू पनि विभिन्न पत्रपत्रिका रफेसबुकका फाँटमासमेत सार्वजनिक गरिसकेका छन्‌ ।मेरो हातमा पुग्ने गरी सम्झनाका तरेलीमार्फत प्राप्त हुँदा चौपट्ट खुसीको लहरले म ओतप्रोत भएँ । त्यो मोटोपुस्तककलाई प्लास्टिकको कभरले लपेटिएको रहेछ । उत्सुकता पूर्वक त्यसलाई खोलेँ । अनि मात्र सिरानमै ठूलोर आकर्षक,रङ्गिन मञ्जरा शब्द देखेँ । पुस्तकको अगाडिकै बाहिरी पृष्ठमा क्रिममस ट्री त हैन तर आकारमा उस्तैजस्तो लाग्ने ऊर्ध्व गतिको अग्लो नवै रङ्ग र रसले आप्लावित कुनै पुष्प वृक्षिकामाथि रसको आस्वादन लिँदैगरेको पखेटा फैलिएको पुतली रहेछ । बढो आकर्षक लाग्यो । तर पनि गजल सङ्ग्रह भए पुस्तकको नाम मञ्जरीहुनुपर्ने भन्ने ठान्दै तेस्रो पृष्ठ पल्टाएर मात्र उपन्यास विधा अन्तर्गतको साहित्यिक कृति रहेछ भनेर बुझेँ अनि अबता भतिजलाई बधाई दिनुपर्छ भनेर दिएँ पनि ।त्यसपछिको पृष्ठमा बाबा दुर्गाप्रसाद गजुरेललाई समर्पण गरेका रहेछन्‌ भन्ने लाग्यो । साथमा आमाको नामपनि उल्लेख गरेको भए अझै राम्रो हुथ्यो नि भनेर मनमनै मौनता साधेँ । पछाडिको कभर पृष्ठमा जाने मनले उतैयसो हेरेँ । रातो पृष्ठभूमिमा कुनै समीक्षकले छोटो समीक्षा गरेको विषय सेतो शब्दाक्षरमा उल्लेख रहेछ ।त्यसकै माथि सिरानमा पासपोर्ट साइजको बालकृष्ण गजुरेलकै सुन्दर फोटो रहेछ । फाटो हेर्दा भरखरै ४०-४५उमेरको जस्तो देखेँ तर पढ्दापढ्दै एक ठाउँमा अण्ठाउन्नमा प्रवेश गरेको प्रसङ्ग पनि नभेटेको भने हैन ।
लेखकीय लेखसमेत गन्दा पैँसट्ठीवटा भित्री शीर्षकहरूसँग पनि जम्काभेट भयो सबै शीर्षकहरू तत्तत्‌ ठाउँमासार्थक लागे ।उपन्यास पढ्दा कहीं कतै झिँजो र झञ्झटको सामना गर्नु नपर्ने लाग्यो । एक दिन म आफ्नै नगरपालिकाअन्तरगतको खैरहनी साहित्य परिषद्को बैठकको निमन्त्रणामा जानुपर्ने थियो । यही मञ्जरा उपन्यास पढ्दापढ्दैकतिखेर झमक्कै साँझ पर्‍यो पत्तै भएन । लघुसङ्खाले दपेटेपछि पो यसो समय हेर्दा साँझको छ बजेको पाएँ ।भन्नुको मतलब छाड्नै नपरे हुन्थ्यो भन्ने उत्सुकताले भरिएको नछाड्ने खालको उपन्यास सबैले सोधी खोजीगरेर एक थान मात्र भए पनि पढ्ने र संग्रह गर्नै पर्ने लाग्यो मलाई त । घर भित्र नै हुने वर्ग संघर्षसँग कसरीखेल्ने भन्ने शिक्षा नै यस उपन्यासको प्राप्ति हो ।व्यापार व्यवसाय कसरी गर्ने र किन गर्ने ? अनि समाज सेवा लगायत जन्मदाता र स्वदेशको महत्त्व बोकेकोयस उपन्यासमा एकाध ठाउँमा प्राविधिक कारणले हुन सक्छ शब्दगत हिज्जे बाहेक भाषा अत्यन्त सरल रस्थानीय बोलिचालीका शब्दले झनै सिँगारिएको रहेछ । वैदेशिक मोहले आफ्नै आफन्त बिर्सिँदाको परिणामकस्तो हुन्छ भन्ने शिक्षा समेत यस उपन्यासले दिएको पाइन्छ । उपन्यासमा “समुद्रमा जे खोज्यो त्यही मिल्छ”भन्ने उत्ति चरितार्थ भएको पाएँ । साथै यस कृतिको नाम मञ्जरा रहनुको तात्पर्य समेत सार्थक भएको अनुभूतिभयो ।अन्त्यमा, नेपाली सहित्यको क्षेत्रमा निरन्तर लागिरहन र अझै उच्च उज्यालो सफलता चुम्न सक्ने क्षमतावान हुनसुखद सफता मिलोस्‌ । हार्दिक शुभकामना छ ।

साथै कविताबाट पनि

नेपाली मनको पवित्र दिलमै फक्री फुली हाँस है

डाँफेझैँ हिम श्रृङखला सिरभरै कल्की जडी नाँच है ।

फक्री फूल सुवासना भुवनमै ढाकेर हौ व्यापकै

गाऊन् पौरखकै ल कीर्तन सधैँ व्रह्माण्डका मानवै ।।

(१)

हो साहित्य विशाल काव्य, कविता, गाथा, कथा, जीवनी

सोही फाँट अनेक फल्छ विविधै दौडाउँदा लेखनी ।

संसारै भर सिर्जना लटरमै फैल्योस्‌ गरेँ कामना

पढ्ने संस्कृतिको विकास गतिलो बानी बढोस चेतना ।।

(२)

हुन्‌ हाम्रा जति चाडपर्व सब नै फैलून् ल विश्वैभर

छन्‌ हाम्रा जति भाइ लौन बहिनी, दिदी र दाजु पर ।

आमाबा परिवार बाल बनिता सम्झेर आउन घर

नेपाली सिर उच्च राष्ट्र गरिमा टल्कौन फर्कून् घर ।।

(३)

बेचेनन्‌ अरनी महान गरिमा साटे कला सभ्यता

ती हाम्रा बलभद्र पुर्वज लडे राखे नयाँ सभ्यता ।

बुद्धै दर्शनले त शान्ति भवमै ढाकेर क्या भव्य भो

गोर्खाली इतिहास वीर गरिमा ब्रह्माण्डमै व्याप्त भो ।।

(४)

सन्दर्भ स्रोत-गुगल

खैरहनी नगरपालिका वडा नं.-०३, चितवन

मिति : २०८३।०७।१८ गते ।

images
प्रकाशित मिति :कार्तिक २०, २०८३ बिहिवार - २२:३३:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend