Logo

बिहिवार, कार्तिक २७ गते २०८३   |   2026 November 12

images

images

बेलायतको आश्फोर्डमा भव्य म्हः पूजा मनाइयो

बेलायतको आश्फोर्डमा भव्य म्हः पूजा मनाइयो

नेप्लिज डायस्पोरा

२७, कार्तिक २०८३
images
बेलायतको आश्फोर्डमा भव्य म्हः पूजा मनाइयो

बेलायतको आश्फोर्डमा भव्य म्हः पूजा मनाइयो 

११ नोभेम्बर २०२६ बेलायत ( झिगु नेवा पुचः आश्फोर्ड केन्ट, बेलायतको पहिलो कार्यक्रम म्हः पूजा तथा नेपाल सम्बत ११४७, Christ Church Community Hall आश्फोर्ड केन्ट, बेलायतमा भव्य रूपमा १० नोभेम्वर २०२६ मा सम्पन्न भएको छ।

 

दुई चरणमा सम्पन्न कार्यक्रममा पहिलो चरणको कार्क्रम औपचारिक रूपमा र दोस्रो चरणको अनौपचारिक कार्यक्रम म्हः पूजा, नेवारी परिकार सहितको खानपिन, देउसी भैलो र मनोरन्जनात्मक कार्यक्रम रहेको थियो।

झिगु नेवा पुचः आश्फोर्ड केन्ट बेलायतका अध्यक्ष शिव श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम संस्थाका सचिव शिव श्रेष्ठ (राष्ट्रिय फूटबल खेलाडी ) ले संचालन गरेका थिए।

बरिष्ठ उपाध्यक्ष भरत श्रेष्ठले उपस्थित महानुभावहरूको निम्ति स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सल्लाहकारहरू रविन श्रेष्ठ र सुवर्ण ताम्रकारले शुभकामना मन्तव्य राखेका थिए साथै कार्यक्रमा जेष्ठ नागरिक टोप बहादुर श्रेष्ठको गरिमामय उपस्थित रहेको थियो।

नेवार समुदायको बाक्लो उस्पथिति रहेको कार्यक्रममा नेवारी परम्परा र संस्कृति अनुसार म्हःपूजा पछि देउसी भैलो र नाचगानको भव्य कार्यक्रम रहेको थियो भने सहभागीहरूको नेवारी पोशाक, नेवारी परिकार र नेवारी गीत र संगीत कार्यक्रमको मुख्य आकर्शण थियो।

 

 

images
प्रकाशित मिति :कार्तिक २७, २०८३ बिहिवार - ०४:०९:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend