Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

शिरोमणी (कविता) - अम्विका अधिकारी

शिरोमणी (कविता) - अम्विका अधिकारी

सतीश चापागाईं

१८, भाद्र २०७६
images
शिरोमणि हौ तिमी यो धराका । श्रष्टा र द्रष्टा पनि यो गह्राका ।। युगिनताको गरी अङ्कमाल । साहित्यमा भो अति नै कमाल ।।१।। त्रिमूर्ती त्रिदेव सँगै उदायौ । आदर्शवादी रस धार ल्यायौ ।। आयो तिमीसाथ नवीन रङ्ग । स्वच्छन्दता सल्ल बगाई छन्द ।।२।। चिप्ला सडकमा सरी कार सल्ल । गुडे सरी काव्य बहन्छ बल्ल ।। भाषा परिष्कार मिठास भाव । ल्यायौ नयाँ सिर्जनको लगाव ।।३।। साँच्चै बन्यौ रे तिमी लेखनाथ । शास्त्रीय शैली अझ उच्च साथ ।। ऋषि तपस्वी तिमी सन्त भक्त । तरुण भावो-त्तेजक बग्छ रक्त ।।४।। तिम्रा मिठा ती नव सिर्जनाले । फेरी दियो युग अहो मजाले ।। 'गंगा' र 'गौरी' 'ऋतुको विचार' । 'बुद्दीविनोद' अनमोल हार ।।५।। - झापा हाल : काठमाण्डौ मैतिदेवी । अम्विका अधिकारीको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १८, २०७६ बुधवार - १८:१९:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend