Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

बाढी (कविता)

बाढी (कविता)

नेप्लिज डायस्पोरा

११, आश्विन २०८३
images
बाढी  (कविता)

 

✍ मीरा न्यैपाने गजुरेल

अचानक

अकस्मात,एकाएक

अघोषित,अस्पश्ट

अगणित

रसुवाको भोटेकोशीमा

आएको  भयड्कर बाढीले

वर दुख्यो ,पर  पर सम्म दुख्यो

छर छिमेकी दुखे

मानिसहरूके रहर दुख्यो  खबर दुख्यो

मन दुख्यो  आफ्नोपन  दुख्यो

सुन्दर जीवन दुख्यो

छाप्रो दुख्यो घर दुख्यो

टहरा दुख्यो

बगैॅचाका विरुवाहरू  दुखे बोटहरू दुखे

गाई  बस्तुहरू दुखे गोठहरू दुखे

सारा पशु  पॅक्षीहरू दुखे

गाउॅ गाउॅहरू

ती सारा वस्ती वस्ती ठाउॅं ठाउॅंहरू

बारी पाखाहरू

सुन्दर बजार हिलोको थुप्रो बन्यो

धाप बन्यो

मानिसका शरीरहरू छेद विच्छेद बने

निमिषभरमै सखाप बने

कतै लेदो बने

कतै दबदबे हिलो बने

उजाड वगर बने

 

कतै घरका तला भासिए

कतै अग्ला अग्ला घरहरू भासिए

कतै बगेर गए

कतै लेदो बनेर दुखिरहे

कतै हिलोको थुप्रो बन्यो

त्यो बाक्ली गामहरू

सुन्दर हरियाली ठामहरू

पहिचानका नामहरू

क्षणभरमै विलाए, अस्ताए

सारा सहर दुख्यो

क्षणक्षण पलपल दुख्यो 

आवाज दुख्यो

बोली दुख्यो

कुराकानी  छलफल दुख्यो

समयका प्रहर  प्रहर दुख्यो

अधर दुख्यो, नजर दुख्यो

हाल दुख्यो चाल दुख्यो

शिर दुख्यो , कपाल दुख्यो

देशको यत्रतत्र  सर्वत्र दुख्यो

सारा जीवन दुख्यो

 जिन्दगीको सफर सफर दुख्यो

हे! दैव तॅं पनि कति निठुरी

कति निर्दयी बनिस्

कति कठोर बनिस्

क्रूर बनिस्

ती साना नानी बाबूका काख खोसिस्

बाको कॅाध खोसिस्

तिनको विजोग बनाइस्

निरिह बनाइस्

अलपत्र 

बेसहारा गराइस्

कमजोर मनलाई सॅम्हाल्न  मुस्किल परेको छ

पाइला सार्न हम्मे हम्मे परेको छ

परिबार बिछोडिएको छ

एक्लिएको छ

 

मुखैमा आएको  चाडबाडको बेला

कति  त बेघर भए

कति त बेखबर भए

कति टुटुरा बने

कति बबुरो बने

कति परिबार सदाको लागि  एकसाथ विलाए

कतिले एक्लो बनाएर गए

न गॅास न बासको

भिखारी खोक्रो बनायो

कतिलाई बेरड्गका बनाएर गए

कतिलाई ज्युॅदो लास बनाएर गए

कति त्यो विकराल परिस्थितीको सामना गर्न नसकेर

होश गुमाए

कति अझैपनि भयभित र त्रसित बनिरहे

सिड्गो देश सोकमा डुवेको छ

दुखको धापमा परेको छ

 प्रत्येक मन मनसॅग

 टोल टोल  छर छिमेकसॅग

विनय गर्छु

न्यानो अनुरोध गर्छु

यो मुस्किल परिस्थितीमा

समय सहयोगमा व्यतित गरौं

ओत बनौॅ

आधार बनौॅ

दुखका रड्गहरू सबैका एकै हुन्

चाहे महाजन चाहे गरिव

सबैको एकै जीवन हो

उही मुटु

उही धड्कन

उही श्वास प्रश्वास

सबैले जाने ठाउॅ उहि हो

भोग्ने ठाउॅ उही हो

भोगाउने ऊ नै हो

ढिलो या चॅाडो

जाने उही घाट नै हो

पालैपालो सबैलाई  लिन आउॅछ

शान्त रहौं

मानवतामा बसौं

अरूको घाउमा

नुन नछरौॅ

शीतल मलम लगाऔं

सकेको सेवा गरौॅ

यो विपद्को घडीमा

उत्सव नमनाऔॅ

उल्लास नदेखाऊॅ

मानव धर्ममा रहौं

विवेक प्रयोग गरौॅं

देशको मनन र चिन्तनमा लागौॅ

मानव मानव नै बनौॅ

दानव नबनौॅं।

images
प्रकाशित मिति :आश्विन ११, २०८३ आइतवार - १३:२७:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend