Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकाको बाल्टिमोरमा नेपाली युवा मृत भेटिए, अन्त्यष्ठीको तयारी

अमेरिकाको बाल्टिमोरमा नेपाली युवा मृत भेटिए, अन्त्यष्ठीको तयारी

सतीश चापागाईं

२७, भाद्र २०७६
images
  अमेरिका, सेप्टेम्वर १२ । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा एक नेपाली युवा मृत भेटिएका छन् । आफ्नै बेडमा सुतेका ३७ वर्षीय कपिल पौडेल बेड मै मृत भेटिएको उनका साथीहरुले बताएका छन् । बाल्टिमोरको ओइंगसमिलमा बस्दै आएका पौडेलको स्थायी घर काठमाडौको बालाजु भएको बुझिएको छ । संगै बसेका साथीहरुका अनुसार बुधवार विहान कामबाट घर फर्किएका पौडेल दिउँसो ओछ्यानमा नै मृत भेटिका हुन् । साथीहरूले प्रहरीलाई खवर गरेपछि पोष्टमार्टमका लागि लगिएको थियो । पौडेललाई ह्रदयघात भएको हुन सक्ने अनुमान गरिएको छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । कपिल कृष्णचन्द्र पौडेल र शर्मिला पौडेलका कान्छा छोरा हुन् । उनि झण्डै एक दशकदेखि अमेरिका बस्दै आएका कपिलले नौ महिना अगाडि मात्र नेपाल गएर विवाह गरेका थिए । उनकी श्रीमती निशा अमेरिका आउने तयारीमा रहेको बुझिएको छ । अमेरिकामा रहेका कपिलका आफन्तहरु बाल्टिमोर आईसकेका छन । एनआरएनएका नेताहरु जेदु पोखरेल र कृष्णजीवि पन्त लगायत यहाँका संस्थाहरुले उनको अन्त्यष्ठीका लागि छलफल र सहयोगमा जुटिरहेको समाचार प्राप्त भएको छ ।

images
प्रकाशित मिति :भाद्र २७, २०७६ शुक्रवार - ११:४५:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend