Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

भारत बिरुद्ध व्हाइट हाउस अगाडी जुलूस प्रदर्शन हुने

भारत बिरुद्ध व्हाइट हाउस अगाडी जुलूस प्रदर्शन हुने

नेप्लिज डायस्पोरा

२१, मंसिर २०७६
images
  विजय थापा डिसी । नेपालका भूभागहरु कालापानी,लिपुलेक र लिम्पियाधुरालाई भारतले हालसालै प्रकाशित गरेको नक्सा भित्र भारतले पारेकोले डिसेम्बर १५ का दिन अमेरिकाका नेपालीहरु वाशिंगटन डिसीमा बिरोध जुलूस प्रदर्शन गर्ने अन्तिम तयारीमा जुटेका छन् । बिरोध जुलुस हुने कार्यक्रम स्थल व्हाइट हाउस अगाडिको सडक मर्मत संभारको काम चलिरहेको र उक्त दिन अन्य कार्यक्रमहरुलाई स्थान उपलब्ध गराई सकिएकोले डिसेम्बर १५ आईतबारका दिनको कार्यक्रम हुने सुनिश्चित भएको छ । यस अघि पनि संचार माध्यमद्वारा डिसेम्बर १४ या १५ हुन सक्ने जानकारी गराएको हुनाले व्हाइट हाउस अगाडी रहेको लाफेएट उद्यान (पार्क )को लागि डिसेम्बर १५ का लागि आधिकारिक अनुमति प्राप्त भएको छ । डिसेम्बर १५ को लागि अनुमति प्राप्त डिसेम्बर ६ का दिन टुङ्गो लागेको छ । अमेरिकी राष्ट्रपति भवन अगाडी बिरोध जुलुस कार्यक्रमको आयोजना गर्न निकै कठिन काम हुने आयोजकले बताए । साथै आयोजकले पृष्ठभूमी समेत गम्भीरतापूर्वक जाच गर्ने डिसी बिरुद्ध प्रदर्शन संचालक समितिको नेतृत्व लिई रहेका बानाका पूर्व अध्यक्ष कुलमणि आचार्यले बताए । यसै गरि डिसी क्षेत्र कै समाजसेवी तथा एनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले अब केवल ९ दिन मात्र बाँकी रहेकोले छिट्टै एक बौद्धिक तथा भौतिक भेला को आयोजना हुने बताए । अधिकारीले यो सबैको साँझा कार्यक्रम भएकोले सबैको सहभागिता हुनु पर्ने कुरामा जोड दिएका छन् । उनले यो सबैको साँझा र सबै आयोजक भएको जनाए । बिरोध जुलुस निकाल्नु पर्छ भनि कार्यक्रमको परिकल्पनाकार गर्ने समाजसेवी तथा एएनएका पूर्व अध्यक्ष रोजर अधिकारी छिटै डिसी आउने भएका छन् । अधिकारीले डिसेम्बर १५ को अनुमति पाइएकोले अब केवल कार्यक्रमलाई कसरी सफल बनाउन सकिन्छ भन्ने तर्फ मात्र सोच्नु पर्ने भएको बताए । उनले सबैलाई एक जुट हुन् आव्हान गरेका छन् । हामीले डिसेम्बर १४ मा हुने भने आब्हान गरिएता पनि अनुमति भने पाएका थिएनौ । र हाम्रो निरन्तर प्रयासको कारण मिति र समय समेतको टुंगो लागेकोले पूर्व दिइएको मितिको लागि क्षमाप्रार्थी छौ ,अधिकारीले ईनेप्लिजलाई भने । हालसम्म डिसी बिरोध प्रदर्शन समितिले ३ पटक बैठकको आयोजना गरि विभिन्न महत्वपूर्ण निर्णयहरु गरेका छन् भने आगामी आइतबार ८ का दिन पुन दुरसंचार प्रणाली(टेली कन्फेरेन्स कल) को माध्यम बाट बैठक गर्ने भएका छन् । र सबैलाई उक्त हुने बैठकमा सहभागिता हुन् अनुरोध गरेको छ । डिसी बिरुद्ध प्रदर्शन संचालक समितिको नेतृत्व लिई रहेका कुलमणि आचार्यले डिसेम्बर १५ को लागि बिहान १० बजे देखि २ बजे सम्मको लागि कार्यक्रम गर्न अनुमति पाइएको बताए । उक्त बिरोध जुलूसमा आउँदा तुलको आकार (ब्यानर को साइज ) ३ * ६ फिट मात्र बोकेर जान पाइने छ । यस्ता प्रचार प्रसारका सामाग्रीहरु आउँदा उक्त पार्क(उद्यान)मा ९;३० मिनेट भित्र प्रवेश गर्नु पर्ने छ । तुललाई पनि सुरक्षा निकासी (सेक्युरिटी चेक)भए पछि मात्र प्रयोग गर्न अनुमति पाइने छ । उक्त उद्यानमा आउँदा कुनै पनि चिज सुरक्षा जाँच भए पछि मात्र उक्त पार्क( उद्यान)मा प्रवेश पाइने छ । कुनै पनि चिज झोलामा बोकेर र गह्रौ चिज बोकी भुईमा राख्न पाईने छैन । यदि कुनै झोला या कुनै वस्तु मैदान या भुईमा राखेमा तुरुन्तै सुरक्षामा खटिएका अधिकारीहरुले बन्द गराउन सक्ने छन् । आचार्यले अनुमति दिए पछि यस्ता कुराहरुमा सावधान र सतर्कता अपनाउन आग्रह गरेको बताए । आचार्यले कुनै पनि प्रचार प्रसार सामग्री अर्थात् तुल(ब्यानर) ९:३० सम्म पुग्ने पर्ने, उक्त उद्यानमा मंच १० देखि ११ सम्म बनाउने ,र कार्यक्रम ११ बजे देखि सुरु भै १ बजे सम्म चल्ने जनाएका छन् । यसै समय बीच वक्ताहरुले भाषण गर्ने,देशभक्ति गीत या नाराहरु लगाउने छन् । सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी गर्दा लाफेएट उद्यान (पार्क)को वरिपरि रहेको सडकमा नाराबाजी लगाउदै वरिपरि परिक्रमा गरिएको थियो । यस पटक पनि यसरी नै परिक्रमा गरिनेछ । पार्क(उद्यान) मा निर्माण गरिएको मन्च देखि बिरोध जुलुस सहित वाशिंगटन डिसी स्थित भारतीय राजदुताबास संग अघि बढ्ने छ भने कार्यक्रम १:३० मा समाप्त हुने छ । स्मरण रहोस ,संयुक्त नेपाली मोर्चा जस्लाई ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’नामक नेपालीहरुको समूहले नेतृत्व गर्दैछन । डिसी बिरोध प्रदर्शन आयोजना समितिले भारत,अमेरिका,बेलायत ,चीन ,सयुक्त राष्ट्र संघ प्रधान कार्यालय ,नेदरल्याण्डको अन्तर्राष्ट्रिय न्याय अदालत ,सर्वेक्षण विभाग भारत ,अमेरिकी विदेश मन्त्रालय ,नेपाल ककस ,सिनेट कार्यालय ,नेपाली संचार माध्यमलाई पत्राचार गर्ने छ । साथै यस बिषयमा अमेरिकी मुलधारका संचार माध्यम ,नेपाली संचार माध्यम ,अमेरिकामा रहेको नेपाली पत्रकारहरुको संस्थाहरु ईञ्जा र नेजालाई समेत संलग्न गरिने र आमन्त्रण गरिने छ । ईनेलिजबाट

images
प्रकाशित मिति :मंसिर २१, २०७६ शनिवार - १०:५९:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend