Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

टेक गुरुङको नेतृत्वलाई मेरो समर्थन -राधाकृष्ण देउजा

टेक गुरुङको नेतृत्वलाई मेरो समर्थन -राधाकृष्ण देउजा

नेप्लिज डायस्पोरा

५, फाल्गुण २०७६
images
आदरणीय तथा प्रिय सवैमा हार्दिक अभिवादन नेपालको कुनै पार्टीहरुको भातृ संगठनहरु अर्को कुनै देशमा बनाउन सक्ने परिकल्पना नेपालको संविधानले नगरेको, संसारको कुनै पनि देशले अन्य देशका राजनीतिक दलको भातृ संगठनहरुलाइ आफ्नो देशमा क्रियाशील रहन कानुनि रुपमा वर्जित गरेको, नेपालका अधिकाँश राजनीतिक दलको विधानमा पनि त्यस्तो कल्पना समेत नभएको अवस्थामा विभिन्न संचार माध्यमहरुमा अमेरिकामा धेरै अगाडी दर्ता भएर संगठित रुपमा रहेको प्रवासी नेपाली एकता मंच अमेरिका भर्खरै गठन भएको भन्ने ढंगले समाचार आएको र त्यसरी गठित भनिएको कमिटिमा मेरो समेत नाम रहेको भनिएकोमा मेरो गम्भीर ध्यानाकर्शन भएको छ । सवैभन्दा पहिला अमेरिकामा क्रियाशील हुने सामाजिक सँस्था नेपालको कुनै दलले बनाउने भन्ने विषय नेपालको कुनै राजनीतक दलले सोच्ने समेतको विषय नभएको सत्यको स्मरण गर्दै, प्रवासी नेपाली एकता मंच गठन गर्न जिम्मेवार भनेर प्रचारमा आएको नेकपाको प्रवक्ता स्वयमले प्रवासमा आफ्नो पार्टी कमिटि नरहने भनेर सार्वजनिक गर्नु भएको वक्तव्यको स्मरण गर्दै, वाहिर आएको जस्तो कुनै कमिटि बनेको बनाइएको होला भन्ने कुरामा विश्वास नरहेको प्रष्ट पार्नुको अलावा त्यस्तो कहीं कतै कसैले बनाएको रहेछ भने पनि त्यस अव्यवहारिक, असंवैधानिक र पार्टीहरुको विधान देखि सामाजिक सँस्थाहरुको विधान विपरितको कमिटिमा आफु नरहेको स्पष्ट पार्न चाहन्छु । अनि त्यसो भन्दै गर्दा अमेरिकामा दर्ता भएर क्रियाशील रहेको प्रवासी नेपाली मंच अमेरिका र यहीं दर्ता भएर विद्धमान रहेको अर्को सँस्था जनप्रगतिशील मंचको विचमा एकता गरेर याहाँ व्यापक सामाजिक काम गर्ने कि भन्ने लक्ष्यले म सहित चार सदस्य एकता कार्यदल बनेर एकताको कोशिस गरिएको र त्यसले दुवै तर्फको कमिटि कमिटि मिलाएर एउटा सिंगो कमिटि बनाएर अगाडी बढ्ने भन्ने सहमति भएकोमा त्यसमा रहनु पर्ने केहि साथीहरु राजनीतीक मोडेलमा जाने कि भन्नेमा लाग्नु भएकोले त्यो एकताले मुर्त रुप लिन नसकेको पनि प्रष्ट पार्नु वान्छनीय हुने ठान्दछु । साथै करीब एक वर्ष अगाडी दर्ता भएर अमेरिकामा संगठित रहँदै आएको टेक गुरुङले नेतृत्व गर्नु भएको प्रवासी नेपाली एकता मंच अमेरिकाको गतिविधि अगाडी बढेको र त्यसको एक जिम्मेवार सदस्यको रुपमा भने म क्रियाशील रहेको व्यहोरा समेत जानकारी गराउन चाहन्छु । धन्यवाद सहित राधाकृष्ण देउजा  

images
प्रकाशित मिति :फाल्गुण ५, २०७६ सोमवार - १६:५९:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend