Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गायक लक्ष्मण पौडेलसंग १० रमाइला प्रश्न

गायक लक्ष्मण पौडेलसंग १० रमाइला प्रश्न

नेप्लिज डायस्पोरा

२१, जेठ २०७७
images
गायक लक्ष्मण पौडेलसंग १० रमाइला प्रश्न

गायक लक्ष्मण पौडेलले हालै नया गीत सार्बजनिक गर्नुभएको छ। अमेरिकाको बाल्टिमोरमा बसोबास गर्ने पौडेलले सरकार बोलको गीत भर्खर सार्बजनिक गर्नुभएको छ। सोहि गीतको सेरोफेरोमा रहेर यो रमाइलो कुराकानी गरिएको छ।

 

१. “सरकार”को जन्म कसरी भयो र यो यो गठबन्धन एकल हो की संयुक्त ?

उत्तर :- सरकार “को जन्म चाईनाले गरायो । र यो संयुक्त हो किनकी चाईनाले फेरि भाईरसको दोस अमेरीकालाई दिन्छ ।

२. रेकर्डिगं यहाँ मिक्सिंग किन नेपालमा ?

उत्तर :- नेपालमा भाईरसको प्रकोप कम्ती भएको हुनाले ।

३. भिडीयोमा किन कन्जुसेई ?

उत्तर :- पेन्डामिक अवस्थाले लोत पारेको हुनाले कम्परमाईज गरियो ।

४. यो भिडियोमा रूवी, प्रशन्न (छोरी छोरी ) नै किन ?

उत्तर :- अगामी सरकारमा युवाको परिकल्पना भएको हुनाले ।

५. गीतलाई किन लक डाउन नाच्ने गीत भनिएको ।

उत्तर :- जो नाच्छ उ धेरै बच्छ त्यसैले ।

६. कल्पना जीलाई भिडीयोमा किन नदेखाउनु भाको ?

उत्तर :- यो एउटा सरकारमा महिला निष्क्रय छ भन्ने सन्देश हो ।

७. सरकारलाई “खाते “ किन भन्नु भा को ?

उत्तर :- सरकार सधै खा -खानेपानी (मेलम्ची ) ते - तेल पेट्रोल मा सधै चुक्ने भएको हुनाले  खाते भनियो ।

८. घर पालुवा र वन पालुवा जनावरको कुराचाही कसरी त ?

उत्तर :- यो एउटा सडकमा हिन्ने घरपालुवा जनावर र संसद भवनमा कुर्ची पालाफाल  गर्ने संसद विचको परिकल्पना हो ।

९. छिमेकीको छी - संग डर लागेन ?

उत्तर :- उत्तरका छिमेकी नभएको हुनाले त्यती डर लागेन ।

१०. अन्तमा ?

उत्तर :- यो एउटा शूभारम्भ हो अन्त्य कहिलै  नहोस । “संगीत सवैका लागी" होस ।

 

images
प्रकाशित मिति :जेठ २१, २०७७ बुधवार - १७:५९:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend