Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

कालीगण्डकी उत्तर बाहिनीमा आजदेखि संस्कार सिकाउने महोत्सव हुदै

कालीगण्डकी उत्तर बाहिनीमा आजदेखि संस्कार सिकाउने महोत्सव हुदै

नेप्लिज डायस्पोरा

९, कार्तिक २०८१
images
कालीगण्डकी उत्तर बाहिनीमा आजदेखि संस्कार सिकाउने महोत्सव हुदै

पाल्पा, रामपुर । पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दी र स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुंगामा रहेको उत्तरवाहिनी क्षेत्रमा आजदेखि ३० गतेसम्म मातापिता सम्वन्धी संस्कार सिकाउने महोत्सव सुरु हुन लागेको छ। 

जीवित रहेका आफ्ना मातापिता प्रतिको कर्तव्यबोध गराउँदै दिवङ्गत भइसकेका मातापिताप्रति श्रद्धाभाव जनाउन महोत्सव गर्न लागिएको आयोजक कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अभिभावक प्रतिको दायित्वबोध गराउँदै संस्कारयुक्त समाजको निर्माण गर्न महोत्सवको आयोजना गरिएको हो ।”

कालिगण्डकी नदीको किनारमा २१ दिनसम्म चल्ने महोत्सवको नाम  ‘मातापिता पूजन एवम् गण्डकी शालग्राम दामोदर महामहोत्सव’ राखिएको छ । 

महोत्सवमा शिक्षा, अध्यात्म र संस्कृति क्षेत्रका प्रेरक तथा अनेकौँ विज्ञहरूको सम्मेलन, गोष्ठी तथा सेमिनारहरू, आयुर्वेद योग र प्राकृतिक उपचारको सिकाई गरिने छ । यसैगरी कर्मकाण्ड, ज्योतिष एवम् वास्तुशास्त्रको सरलतम प्रशिक्षण, विशिष्ट सन्त, वैज्ञानिकहरूको बिचमा अदभूत अन्तर्संवाद रहने प्रतिष्ठानका अध्यक्ष चैतण्यकृष्णले जानकारी दिनुभयो।

कालीगण्डकी उत्तरवाहिनी नदिको विशेष महत्त्व रहेको भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेकोले कालीगण्डकीको धार्मिक पर्यटन बृद्धिका लागि पनि सहयोगी हुने अपेक्षाका साथ महोत्सव आयोजना गरिएको उहाँको भनाई छ ।

उत्तरवाहिनी क्षेत्रमा छोटो अवधिमै धेरै आध्यात्मीक, वैज्ञानिक र पर्यटकिय दृष्टीले महत्वपूर्ण धेरै संरचनाहरु निर्माण गरिएको छ भने त्यही सञ्चालन गरिएको गुरुकुलममा विभिन्न जिल्लाका ३३ विद्यार्थीहरूले निःशुल्क अध्ययन गरिरहेका छन् । महोत्सवले विद्यार्थीहरूको अध्ययन तथा प्रतिष्ठानलाई दिगोपनाका लागि पनि सहयोग पुग्ने अपेक्षा गरेको अध्यक्ष चैतन्यकृष्णले बताउनु भयो। 

images
प्रकाशित मिति :कार्तिक ९, २०८१ शुक्रवार - ०९:४६:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend