Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

रियाद एम्बेसीको सूचना: नेपाल फर्कनेले विवरण बुझाउ !!

रियाद एम्बेसीको सूचना: नेपाल फर्कनेले विवरण बुझाउ !!

नेप्लिज डायस्पोरा

२४, जेठ २०७७
images
रियाद एम्बेसीको सूचना: नेपाल फर्कनेले विवरण बुझाउ !!

कोरोना संक्रमणले संसार आक्रान्त भएको चार महिनापछि साउदी अरबको रियादमा रहेको नेपाल एम्बेसीले सूचना संकलनको काम शुरु गरेको छ।

नेपाली नागरिकको 'स्वदेश फिर्ती सहजीकरण सम्बन्धी जरुरी सूचना' भनेर सार्बजनिक गरिएको सूचनामा "नेपाल सरकारले कोरोना संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश जान सहजीकरण गर्ने निर्णय भएको हुँदा अविलम्व निम्न विवरण राजदूतावासको ईमेल [email protected] र WhatsApp नं. ०५०००३१७०५ मा पठाइदिनुहुन अनुरोध छ ।" भनिएको छ।

आफुहरु समस्या समाधानमा सक्रिय भएको उल्लेख गर्दै दुताबासले "संकलित विवरणहरु हेर्दा वहिर्गमन भीसा (Exit Visa) लागेका, करार समाप्त भएका, रोगजारी गुमाएका, Exit Visa लागेका महिला, गर्भवती, पारिवारिक/भिजिट भिसामा आएकाहरु, अकामा नविकरण नगरिएका वा नवनाइएका, आफन्तको मृत्यु भएका, कोरोना वाहेक अन्य विरामीहरु, रोजगारी सहित विदामा जाने, अध्ययन सकेर नेपाल जानुपर्ने विद्यार्थी लगायतले फारम भरेको देखिएको छ ।" भनेर उल्लेख गरेको छ।

नेपाली राजदूतावास रियादद्वारा जारि सुचना:


स्वदेश फिर्ती सहजीकरण सम्बन्धी जरुरी सूचना


नेपाली राजदूतावासले कोरोना संक्रमणका कारण समस्यामा परेका नेपालीहरुको विवरण संकलन गरी समस्या समाधानमा पहल गर्दै आएको सबैमा जानकारी नै छ । संकलित विवरणहरु हेर्दा वहिर्गमन भीसा (Exit Visa) लागेका, करार समाप्त भएका, रोगजारी गुमाएका, Exit Visa लागेका महिला, गर्भवती, पारिवारिक/भिजिट भिसामा आएकाहरु, अकामा नविकरण नगरिएका वा नवनाइएका, आफन्तको मृत्यु भएका, कोरोना वाहेक अन्य विरामीहरु, रोजगारी सहित विदामा जाने, अध्ययन सकेर नेपाल जानुपर्ने विद्यार्थी लगायतले फारम भरेको देखिएको छ ।
नेपाल सरकारले कोरोना संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश जान सहजीकरण गर्ने निर्णय भएको हुँदा अविलम्व निम्न विवरण राजदूतावासको ईमेल [email protected] र WhatsApp नं. ०५०००३१७०५ मा पठाइदिनुहुन अनुरोध छ ।
१. बहिर्गमन भिसा र राहदानीको कपि ।
२. विरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, ‌औषधीको प्रेस्कृप्सन । जहाजमा उड्न कठिनाइ हुने बिरामीले सो समेत खुलाउनुपर्ने ।
३. आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्नेको हकमा कारण सहितको स्वघोषणा ।
४. नेपाल जानुपर्ने विध्यार्थीहरुको अध्ययन सकिएको वा विदा आदिको कागजात ।
आभा खमीस, नजरान, जिजान, आभा, बाहा, बलजुरैसी, बिसा, ताइफ, मक्का, मदिना, जेद्दा, यम्बु, ताबुक, लगायतका स्थानमा कार्यरत तर नेपाली राजदूतावास रियादले आह्वान गरेको अनलाइन फारम भर्नु भएका सबैजनाको विवरण एकिकृत गरी नेपाली महाबाणिज्य दूतावास, जेद्धामा पठाइएकोले महाबाणिज्य दूतावास जेद्धामा सम्पर्क गर्नुहुन अनुरोध छ ।
अकामा नविकरण नगरिएका, नवनाइएका, काम्पनी छाडी अन्यत्रै काम गरिरहेका लगायतका अलेखवद्द नेपालीहरुलाई स्वदेश फर्काउने सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय भइरहेकोले सो सम्बन्धमा पछि जानकारी गराइने छ ।
हवाई टिकट खर्च, कोरोना संक्रमणको अनिवार्य स्वास्थ्य परिक्षण, क्वारेन्टाइनमा बस्नुपर्ने अवधि तथा पालना गर्नपर्ने अन्य शर्तहरुका बारेमा पछि जानकारी गराइने पनि अनुरोध छ ।
नेपाली राजदूतावास
रियाद
मिति – २०७७।०२।१९

 

 

saaudi letter.jpg

 

images
प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - ०५:१५:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend