Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

तितो करेलाले निको पार्ने रोगहरु, बुझ्नुहोस् यसका फाइदाबारे

तितो करेलाले निको पार्ने रोगहरु, बुझ्नुहोस् यसका फाइदाबारे

नेप्लिज डायस्पोरा

११, आषाढ २०७७
images
तितो करेलाले निको पार्ने रोगहरु, बुझ्नुहोस् यसका फाइदाबारे

काठमाडौं – हाम्रो गाउँघरमा सजिलै पाइने तरकारी हो करेला । स्वादमा तितो हुने करेलालाई तिते करेला पनि भनिन्छ । यसको स्वाद तितो हुने हुनाले धेरैले करेला मनपराउदैनन् । तर तितो भएपनि यसको सेवनले धेरै फाइदा गर्छ । करेला एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ ।

करेलामा भिटामिन ए, भिटामिन बि, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस पाइन्छ । करेला केहि रोगीहरुका लागि फाइदाजनक हुन्छ । करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएका विरामीका लागि फाइदाजनक छ । एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ ।

उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउन सहयोग पुर्याउछ । करेलाको जुस नियमित खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ । करेलाको जुसले मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ ।

करेलामा हुने फाइबरहरुले खाना पचाउन सहयोग गर्छ , जसले गर्दा कब्जियतको समस्या पनि समाधान हुन्छ । यसको सेवनले छालाका रोग तथा संक्रमण हटाउन सहयोग गर्छ ।
यसले मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ । मुटुको रोग भएकालाई पनि करेला फाइदाजनक छ । यसको सेवनले तौल पनि नियन्त्रण हुन्छ । साथै प्रेशर आइ भएकालाई पनि फाइदाजनक हुन्छ । यदी बान्ता आउने वा हैजाको समस्या भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाएमा ठिक हुन्छ ।

 

images
प्रकाशित मिति :आषाढ ११, २०७७ बिहिवार - ०६:३२:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend