Affordable Care Act अन्तर्गत Health Insurance Open Enrollment को पहिलो चरण December 18 मा सकिएको छ । December 15 Due date भनिएता पनि वास्तवमा त्यो January 1st बाट लागु हुनेगरि लिनकोलागि अन्तिम दिन थियो हालाकि Marketplace ले तीन दिन थपेर December 18th अन्तिम दिन बन्न पुगेको थियो ।
तर यो Open Enrollment को पहिलो चरण मात्र सकिएको हो । January 15th सम्म Health Insurance Enrollment Open छ, लिन सकिन्छ। फरक यत्ति हो कि December 19th पछि Jan 15 th भित्र लिएको विमा February 1st बाट लागु हुन्छ । क्यालिफोर्नीयामा भने December 31 सम्म गरियो भने पनि January 1 बाटै लागु हुन्छ । आम्दानी कम भएको कारणले प्राप्त हुने स्वास्थ्य विमा सुविधा त सधै खुला रहन्छ
जहिले पनि आवेदन गर्न सकिन्छ । त्यस्तै बसाई सराई, परिवार संख्यामा थपघट, कामबाट वा अन्य निकायबाट प्राप्त भएको विमा छुटेको जस्ता Life Event को अबस्थामा त जहिले पनि Marketplace मै आवेदन गर्न सकिन्छ । अनि ६५ बर्ष पुगेकाहरुलाई उपलब्ध हुने Medicare को लागि ६५ बर्ष पुग्नु भन्दा ३ महिना पहिले पुग्ने महिना र त्यसपछिको ३ महिना गरि जम्मा ७ महिना Initial Enrollment Period हुन्छ त्यस बाहेक October 15th देखि December 7th सम्म Annual Election Period र January 1st देखि March 31st सम्म Medicare Open Enrollment Period हुन्छ ।
Enrollment गर्दा हामी प्रायः Premium तिरिसकेको हुन्छौं । तर कहिलेकॉहीं तत्काल तिर्ने option नदेखाएर वा तिरियो भनेको Premium पनि प्राविधिक कारणले नतिरिएको हुन सक्छ । त्यसैले यो समय भनेको आफ्नो Insurance Carrier लाई सम्पर्क गरेर Premium तिरेको सुनिश्चित गर्ने समय हो । यदि December को अन्तिमसम्म पनि Carrier जसले विमा प्रदान गर्ने हो उसले Premium पाएन भने January 1st बाट विमा Active हुँदैन ।
आफूले लिएको Plan के हो त्यसमा के कस्ता सुविधाहरु छन ? ती कुरा आफ्नो स्वास्थ्य आबस्यकताको अनुकुल छन कि छैनन ? आफूले जँचाउने गरेको डाक्टर वा स्वास्थ्य केन्द्रले त्यो पनि अव गहिरिएर अध्ययन जरुरी छ ।
एउटा कुरा सुनिन्छ कि Marketplace ले Free मा Health Insurance दिएको रहेछ अथवा Marketplace बाट Free वाला Insurance लिएँ भनेर । यो बारेमा प्रश्ट हुनु जरुरी छ ।
Marketplace ले Free मा उपलब्ध गराएको होइन । Income को आधारमा प्राप्त हुने Tax Credit सबै प्रयोग गर्दा हामीले तिर्नु पर्ने Premium Tax Credit बाट तिरिएको हो ।
यदि हामीले Application भर्दै गर्दा राखिएको अनुमानित आम्दानी भन्दा वास्तविक आम्दानी बढी हुन गयो भने संबन्धित बर्षको Tax File गर्दा आम्दानी कति बढी भयो सोहि बमोजिम पाएको Tax Credit पूरै वा त्यसको केहि अंश फिर्ता गर्नु पर्ने हुन्छ ।
त्यसको ठीक बिपरित राखिएको अनुमानित आम्दानी भन्दा वास्तविक आम्दानी कम हुन गयो भयो कम आम्दानी हुँदा बढि Tax Credit प्राप्त हुने हुँदा यदि Premium तिरेको रहेछ भने तिरेका Premium पनि Tax File गर्दा आम्दानीको आधारमा पूरै वा त्यसको केहि अंश फिर्ता हुन्छ ।