विश्वका अर्बपति विलगेट् लगायतकाको ट्वीटर एकाउण्ट ह्याक भएको छ । विलगेट्सको एकाउण्ट ह्याकरले बिट कोईनमा चन्दा मागेका छन् ।
त्यसमा लेखिएको छ , जो कोहीले मलाई समाजमा वापस ल्याउन भनिरहेका छन्, अब त्यो समय आयो, तपाई मलाई एक हजार डलर पठाउनुस् म तपाईलाई दुई हजार डलर पठाउछु ।
त्यस्तै टेस्लाका प्रमुख एलन मास्कको एकाउन्टबाट अबको एक घण्टामा बिटकोईनमा पठाएको रकमको दुई गुणा बढाएर फिर्ता गर्ने छु भनेर लेखिएको छ ।
तर यी पोष्टहरु भएको केही मिनेटमै डिलिट गरिएको थियो ।
अमेरीकाका रैपर कानये वेस्ट, पूर्व राष्ट्रपति बराक ओबामा र डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेद्धार जो बाइडेन सहित उबर, एप्पल जस्ता कम्पनीको एकाण्ट समेत ह्याक गरिएको थियो ।
ट्वीटर फलोअरहरुले केही सेकेण्डमै लाखौँ डलर पठाएका थिए
।
यसैबीच ट्वीटरले एकाउन्टको सुरक्षालाई लिएर जाँच भईरहेको जनाएको छ ।