Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

चलचित्र निर्देशक सुरेशदर्पण पोखरेल यूथ कांग्रेस नेपालको अमेरिका संयोजक

चलचित्र निर्देशक सुरेशदर्पण पोखरेल यूथ कांग्रेस नेपालको अमेरिका संयोजक

नेप्लिज डायस्पोरा

५, आश्विन २०७७
images
चलचित्र निर्देशक सुरेशदर्पण पोखरेल यूथ कांग्रेस नेपालको अमेरिका संयोजक

 

यूथ कांग्रेस नेपाल अमेरिकाको संयोजकमा सञ्चारकर्मी एवं चलचित्र निर्देशक सुरेशदर्पण पोखरेललाई नियुक्त गरिएको छ । यूथकांग्रेस नेपालका केन्द्रीय संयोजक सचिन तिमिल्सिना द्वारा जारी प्रेस विज्ञप्तिमा हाल अमेरिकाको मेरिल्यान्डमा बसोबास गरिरहेकापोखरेललाई अमेरिकाको संयोजकको रुपमा नियुक्त गरिएको जानकारी गराइएको हो ।


देशभक्त तथा लोकतन्त्रवादी युवाहरु संगठित भइ लोकतन्त्रलाई सुध्रिढ बनाउन, सामाजिक न्याय सहितको समुन्नत समाज निर्माणगर्न, नागरिक स्वतन्त्रता, राजनैतिक स्वतन्त्रता, सामाजिक स्वतन्त्रता र आर्थिक स्वतन्त्रताको पक्ष्यमा उभिन , लोकतन्त्रको मुलभूतसिद्दान्त, विधिको शासन तथा सुशाशनको वकालत गर्न, राष्ट्रियता , प्रगतिशीलता, स्वतन्त्रता तथा संबिधान द्वारा प्रदत्त हकलाई प्रबर्र्धन गर्ने उदेश्यका साथ ‘ युथ कांग्रेस नेपाल ‘ स्थापना भएको हो ।


नवनियुक्त संयोजक पोखरेलले युथ कांग्रेस नेपाल कुनै पनि राजनैतिक पार्टीको हस्तक्षेपबाट बाहिर रहने र कुनैपनि राजनैतिकदलसंग आवद्ध नहुने तर यसका मुल सिद्धान्तहरु नेपाली कांग्रेस पार्टीको बिचारधरासंग समान रहने जानकारी गराऊनु भयो ।

साथै १८ वर्षदेखि ४० वर्ष भित्रका प्रजातान्त्रिक आईडोलोजीमा विश्वास राख्ने जो कोही, अमेरिकामा बसोबास गरिरहेका नेपाली भाषीले यसको सदस्यता लिन सक्ने पनि पोखरेलले बताएका छन् ।

अमेरिकामाप्रजातान्त्रिक मान्यता अंगीकार गरी कार्य गरिरहेका नेपाली तथा अमेरिकी संघसंस्थाहरुसँगको संयोजन र सहकार्यबाट नेपालमाराजनीतिक आर्थिक र समुन्नत विकासका निम्ति यूथ कांग्रेस नेपाल, अमेरिकाले कार्य गर्ने बताइएको छ ।


www.youthcongressnepal.org
Suresh Darpan Pokharel
CO-ordinator
YOUTH CONGRESS NEPAL, AMERICA
PHN 4434474040

images
प्रकाशित मिति :आश्विन ५, २०७७ सोमवार - २०:२३:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend