Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

कुवेतमा सवारी दुर्घटनामा २७ बर्षिया प्रज्ञा प्रधानको मृत्यु, शब आज नेपाल पठाइदै

कुवेतमा सवारी दुर्घटनामा २७ बर्षिया प्रज्ञा प्रधानको मृत्यु, शब आज नेपाल पठाइदै

नेप्लिज डायस्पोरा

२९, आश्विन २०७७
images
कुवेतमा सवारी दुर्घटनामा २७ बर्षिया प्रज्ञा प्रधानको मृत्यु, शब आज नेपाल पठाइदै


हरि कृष्ण न्यौपाने-
जीएनएन


मेचिनगर-२,भृकुटी -झापा घर भई कुवेतमा कार्यरत २७ बर्षिय प्रज्ञा प्रधानको सबारी दुर्घटनामा मृत्यु भएको छ।अक्टोबर ०९,शुक्रबार,२०२०को राती उनी चढेको सबारी साधनलाई अर्को सबारी साधनले ठक्कर दिए पछि कुवेतको आदान अस्पताल पुर्याएकोमा शनिबार बिहानको उनको मृत्यु भएको हो।प्रज्ञाको शबलाई आज अक्टोबर १५ तारिकको उडानबाट नेपाल पठाइदै छ।


जन सम्पर्क समिती कुवेतका महामन्त्री तथा मृतकका दाजु कृष्ण पौडेलले भने"अक्टोबर ०९,२०२० शुक्रवारबार राती डिउटीबाट फर्किने क्रममा प्रधान चढेको कम्पनिको सबारी साधनलाई अर्को सवारी साधनले ठक्कर दिएको थियो।

मृतकलाई कुवेतको अदान अस्पताल पुर्याई अप्रेशन गरिए पनि अत्याधिक रक्तस्रावका कारण शनिबार बिहान उनलाई मृत्यु घोषित गरिएको थियो।पौडेल थप्छन"मृतक प्रज्ञा र उनको दिदी रिता माया प्रधान कामबाट फर्किदै थिए।

बाटोमा उनिहरु चडेको कम्पनीको कारलाइ अर्को कारले ठक्कर दिएको र दुबै जनालाइ आदान अस्पताल लगिएकोमा प्रज्ञाको अप्रेसन गरिए पनि बचाउन सकिएन।दुर्घटनामा मृतककी दिदी रिता भने सामान्य घाइते भएकी थिईन।प्रज्ञाको शबलाई मृतकी दिदी रिता अनि कुवेतमै कार्यरत दाजु बाल कुमार प्रधानले आज अक्टोबर १५ तारिक,२०२० बिहिबार बेलुकीको उडान मार्फत नेपाल लिएर जादैछन ।"


नेपाली राजदुतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-१०८०८७६५ भएकी प्रज्ञाको मृत्युको कारण सवारी दुर्घटना रहेको बताए।उनले भने"फोर्टिटु स्पा(4T2 SPA)कुवेतमा दुई बर्ष ६ महिना देखि कार्यरत मृतक प्रधानको परिवारका सदस्य आफ्नै दिदी र दाई कुवेतमा भएकाले उहाहरुलेनै शब लिएर जान दुताबासले सहजिकरण गरेको हो।"

images
प्रकाशित मिति :आश्विन २९, २०७७ बिहिवार - २१:४८:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend