Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सरकारलाई ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाको टोली नेपाल जाने

सरकारलाई ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाको टोली नेपाल जाने

सतीश चापागाईं

१५, भाद्र २०७५
images
  टेक्सास (अमेरिका)- नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको बिधेयकमा गैर आवासीय नेपालीहरुका मागहरु बारे स्पष्ट नभएको निश्कर्ष सहित गैर आवासीय नेपालीहरुका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाको टोली काठमाडौं जाने भएको छ । हाल राज्य व्यवस्था तथा शुसासन समितीमा बिचाराधिन रहेको नागरिकता बिधेयकमा थुप्रै सच्याउनुपर्ने देखिएपछि सरकारलाई यसबारे ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाले उपाध्यक्ष जेदु पोखरेल र बोर्ड अफ डाइरेक्टर संजय थापालाई काठमाडौं पठाउन लागेको मिडिया को-अर्डीनेटर बाल जोशीले नेप्लिज डायस्पोरालाई जनाएका छन् । एनआरएन अमेरिकाले एक बिज्ञप्ती जारी गर्दै गैर आवासीय नेपालीहरुका मागहरु सम्बोधन गर्न सम्बन्धीत निकायसमक्ष लबि गर्न उपाध्यक्ष पोखरेल र बोर्ड अफ डाइरेक्टर थापालाई खटाएको पनि जनाएको छ । यसअघि, एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले पुर्ब सभामुख शुवास नेम्वाङ लगायतका व्यक्तिहरु संग यसबारे छलफल गर्नुभएको थियो भने एनआरएन अमेरिकाले महावाणिज्यदुतावास मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

images
प्रकाशित मिति :भाद्र १५, २०७५ शुक्रवार - १९:२१:१० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend