एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले भर्खर सम्पन्न सदस्यता अभियानमा देखिएको उत्साहपूर्ण सहभागिताबाट आफु खुशी भएको बताउनु भएको छ।
"एनआरएनएको विश्वब्यापी अभियानलाई यो एउटा सकारात्मक संदेश हो।"
नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाईंसंगको टेलिफोन कुराकानीमा साहले भन्नुभयो, "संस्थाप्रति आकर्षण बढेको छ र विश्वास बढेको छ। हामीले अमेरिकाबाट सदस्यता विस्तार अभियानको नमुना पेश गरेका छौं। छिट्टै नै सबै एनसिसिमा यसको प्रभाव देख्न पाईनेछ।"
सुनील साहद्वारा जारी सार्बजनिक मन्तब्य
हार्दिक आभार तथा सम्पूर्ण सदस्य ज्यूहरुलाई न्यानो स्वागत
गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका निम्ति निर्माण हुने नया कार्यसमिति चयनका लागि योग्य मतदाता सहीत सदस्य बन्ने गरी सदस्यका लागि आवेदन दिने समय सकिएको छ । संस्थाका आजिवन सदस्यहरुहरुलाई नविकरण गरिराख्नु पर्ने अवस्था रहदैंन । र संस्थाको सदस्य बन्ने प्रक्रिया निरन्तरनै रहेको हुन्छ ।
तर संस्थालाई गतिशिल बनाइराख्नका लागि निश्चित समयावधिमा नया कार्यसमितिको चयन हुनु अनिवार्य रहन्छ । त्यसका निम्ति मतदान गर्न योग्य मतदाता सदस्यको आवश्यकता सदैव पर्दछ । त्यही पक्षलाई दृष्टिगंम गरी १५ फेबु्रअरी २०२१ सम्मको समयावधि राखी सदस्य बनाउने अभियान संघले संचालन गरेको थियो । संघमा मेरो नेतृत्वमा कार्यसमिति बनेयतादेखिनैं सदस्य बन्ने क्रम भने कहिल्यै रोकिएको थिएन । हुनत: सदस्य बन्नका लागि संस्थाको विधानले निदृष्ट गरेका योग्यता पुग्ने अमेरिकामा रहनुभएका गैर आवासीय नेपालीले जहिले पनि आवेदन दिन सक्नुहुन्छ ।
संस्थाको आसन्न निर्वाचनलाई समेत हेरेर विधानले निर्वाचन हुनु अघि निश्चित समय अगाडिनैं सदस्य टुग्याइसक्नुपर्ने भनी गरेको समयावधीलाई ख्याल गर्दै हाम्रो वर्तमान कार्यसमितिले १५ फेबु्रअरी २०२१ सम्मको समयावधि राखी मेम्वरसिप ड्राइभ अभियान चलाएको थियो । निश्चितनैं अहिले जति पनि व्यक्तित्वहरुले सदस्यता लिनुभयो, सदस्यता नविकरण गर्नुभयो, आजिवन सदस्य बन्नुभयो र पहिला नै आजिवन सदस्य रहीसक्नुभएकाहरु सबै आउदो कार्यकालका लागि मतदान गर्न योग्य मतदाताको रुपमा रहनुभएको छ । तर हाम्रो धेय केवल मतदाता सदस्य बनाउने मात्र थिएन, छैन र मलाई विश्वास छ आगामी दिनमा पनि त्यस्तो हुने छैन ।
मेम्बरसिप ड्राइभका क्रममा निकै उत्साहप्रद रुपमा अमेरिका बासी गैर आवासीय नेपालीले संघप्रति विश्वास जनाई सदस्यता लिनुभयो । धेरैं गैर आवासीय नेपालीले यस अभियानमा चासो र सक्रियता देखाउनुभयो । यो बीचमा हामी अमेरिकाबासी धेरैं गैर आवासीय नेपाली समक्ष पुग्न सक्यौं । धेरैंले संस्थालाई विश्वास गरी गैर आवासीय नेपाली संघ, अमेरिकाको छाता भित्र गोलबन्द हुने चाहना राखी सदस्यता लिनुभयो । तपाईहरु जसले सदस्यता लिनुभएको छैन तपाईहरु पनि गैर आवसीय नेपाली संघ, अमेरिकाको परिवार भित्रनै हुनुहुन्छ । प्राविधिक रुपले मतदाता बन्न तपाईहरु नसक्नुभएपनि संस्थाले प्रदान गर्ने जुन सुकैं सेवाका लागि तपाईहरु पनि उत्तिकैं हिस्सेदार हुनुहुन्छ ।
संस्थाले चलाएको यो अभियानका दौरान धेरैं भन्दा धेरैं अमेरिकाबासी गैर आवासीय नेपालीले सदस्यता लिनुभयो, नविकरण गर्नुभया, साधारणसदस्यवाट आजिवन सदस्यमा रुपान्तरित हुनुभयो र आजिवन सदस्य लिनुभयो म सबैंलाई एकमुष्ट रुपमा हार्दिक सम्मान व्यक्त गर्दै संघभित्र न्यानो स्वागत गर्न चाहन्छु । तपाईहरुको प्रवेशले संस्थालाई अझ बलियो, सशक्त, एकतावद्ध, रचनात्मक बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु ।
यस मेम्वरसिप ड्राइभको अभियानलाई एउटा उचाईमा पुऱ्याउन भूमिका खेल्नुहुने संघको वर्तमान कार्यसमितिका साथीहरु, पूर्व अध्यक्ष ज्यूहरु, पूर्व कार्यसमितिका पदाधिकारी तथा कार्यसमितिका साथीहरु, मेम्बरसिप ड्राइभ कमिटिका साथीहरु, प्रमुख संरक्षक एवं संरक्षक ज्यूहरु, सल्लाहकार ज्यूहरु, च्याप्टरका अध्यक्ष एवं साथीहरु, विभिन्न राज्यका फोकल पर्सन ज्यूहरु, अमेरिकावाट आइसिसीमा प्रतिनिधित्व गर्नुभएका पदाधिकारी एवं सदस्य ज्यूहरु, अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली सम्वद्ध संघ संस्थाहरु लगायत सम्बद्ध सबैंमा हार्दिक आभार व्यक्त गर्दछु । मेम्बरसिप ड्राइभको यो अभियानका क्रममा अहोरात्र खट्नुहुने आइटी टिमका साथीहरु, भेरिफिकेशन कमिटीका संयोजक एवं सदस्य ज्यूहरु, सुपरिवेक्षण कमिटिका संयोजक एवं सदस्य ज्यूहरु संचारकर्मीमित्रहरु सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
तपाईहरुवाट प्राप्त निरन्तरको सहयोगको निम्ति आभारी रहदैं यस्तैं सहयोग र सहकार्य आगामी दिनमा पनि रहनेछ भन्ने विश्वास लिएको छु ।
जय एनआरएन । जय एनआरएनए । जय एनआरएनए, अमेरिका ।
सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका