Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

झुक्किएर सबै सामु पटक–पटक नांगिए दम्पती

झुक्किएर सबै सामु पटक–पटक नांगिए दम्पती

नेप्लिज डायस्पोरा

८, फाल्गुण २०७७
images
झुक्किएर सबै सामु पटक–पटक नांगिए दम्पती

सोल, (एजेन्सी) ।

दक्षिण कोरियामा एक नवविवाहित दम्पतीले आफुहरू बसेको पाँचतारे रिसोर्ट होटेलको शानदार स्पाका झ्यालहरूका ऐना एकातिर मात्र देखिने भन्दै होटेल प्रशासनले नराम्ररी झुकाएको गुनासो गरेका छन् । तर, तिनीहरूले बसाइको अन्तिम दिनमा मात्र आफु हरू वास्तवमा सबै पाहुनाहरू सामु त्यहँँ नांगै घुमिरहेको पो रहछौँ भन्ने लज्जास्पद वास्तविकता थाहा पाएको सो युवा जोडीले बताएका छन् ।

पतिले कोरियाली प्रायद्विपको दक्षिणी पुछारमा अवस्थित जेजु टापुमा रहेको सो गायन्ड जोसुन जेजु होटेलविरुद्ध अनलाइनमार्फत गुनासो गरेका छन् । परिचय नखुलाइएका उनले सो होटेलमा बस्ने क्रममा कयौँपटक सौना प्रयोग गर्दा आफ्नी पत्नीले दोश्रो तल्लाका सौनाका झ्यालहरूमा बाहिरबाट केही नदेखिने विशेष प्रकारको ऐना प्रयोग गरिएको बताइएकाले शरीरमा रुमालसमेत नबेर्ने गरेका बताएका छन् ।उनले दि कोरिया टाइम्सलाई बताएका छन्– अन्तिम दिन यसो टहल्ने क्रममा हामीले हामीले प्रयाग गर्दै आएको सौनाको भित्री दृश्य बाहिरबाट छर्लंगै देख्ने गरेको चाल पायौँ । बाहिरबाट त सौनामा राखिएको थर्मोमिटरसमेत स्पष्ट पढ्न सकिने रहेछ । पछि बाहिर स–साना बालबालिका लगायत थुप्रै पाहुनाहरू बस्ने गरेको रहेछ भन्ने थाहा पाएको उनीहरूले बताए ।

वास्तवमा तिनीहरूले प्रयोग गर्दै आएका सावर र शौचालयका सिसासमेत एकातिरबाट मात्र हेर्न सकिने नभएको रहस्य बल्ल खुलेको हो ।ती पुरुषले निकै दुखित भएको बताएका छन् – ‘हामीले नुहाएको र शौच गरेको समेत बाहिर बस्ने सबैले देख्ने गरेको सत्य थाहा पाएपछि स्तब्ध बनेका हामी दुवै अहिले मनोचिकित्सकको सल्लाहमा थेरापी लिइरहेका छौं । एक रातको ५ सय २० पाउन्ड तिनुपर्ने सो होटेलले हामीलाई गल्तीवश सौनाको ऐनामा समस्या देखिएको र यदि हो–हल्ला गरेको खण्डमा होटेलको भौतिक सम्पत्तिमाथि व्यवधान पु¥याएको आरोपमा प्रहरीको जिम्मा लगाउने धम्की दिएको थियो ।’

सञ्चार–माध्यमका अनलाइनमा गरिएको गुनासोबारे सोधखोज गर्न खोज्दा होटेल सञ्चालकले आफँहरूबाट केही प्राविधिक गल्ती र त्रुटि भएको भने सहर्ष स्वीकार गरेको बुझिएको छ ।होटेलको वेवसाइट जोसुन होटेल्स एन्ड रिसोर्टसमा यस्तो सन्देश राखिएको छ– ‘हाम्रो होटेलका केही महिला सौनामा राखिएका ऐनामा बाहिरबाट नदेखिने गरी राखिएको रंग हटेको पाइएकोमा त्यसबाट हाम्रो सम्पँर्ण आदरणीय पाहुनाहरूमा पर्न गएको असुविधाप्रति हामी गहिरो क्षमायाचना गर्दछौँ । उक्त होटेलको यस्तो गल्तीका कारण सार्वजनिक रूपमा यत्रो बदनाम भइसकेकाले होटेलको आय आर्जनमा समेत नकारात्मक प्रभाव पर्न सक्ने आमजनताको भनाइ रहेको छ । साथै, यसबाट आइन्दा कुनै पनि होटेल प्रयोग गर्दा पाहुनाहरूले यस्तो विषयमा बढि चनाखो हुनुपर्ने शिक्षा पाएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - ०८:४१:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend