एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा रबिन बज्राचार्यले बरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने घोषणा गर्नु भएको छ।
"म एनआरएनएको सिपाही हुँ। यसको एजेन्डा र नेपाली समाजको बृहत हीतको लागी सधै खट्ने छु।" नेप्लिज डायस्पोरासंगको कुराकानीमा बज्राचार्यले भन्नुभयो।
"धेरै साथीभाईको सल्लाह र सुझाबका कारण बरिष्ठ उपाध्यक्ष पदमा उठ्ने निर्णय गरेको हुँ।" उहाँले भन्नुभयो।
एनआरएन अभियानमा लामो समयदेखि सक्रिय बज्राचार्य अहिले आईसिसिको बिधान संशोधन कमिटीमा को-चेयर हुनुहुन्छ। एनआरएनए अमेरिकाको अघिल्लो निर्वाचनमा कोषाध्यक्ष पदमा उठ्नु भएका बज्राचार्य पराजित हुनुभएको थियो। पराजित भएपनि संस्थाको हीतमा निरन्तर लागेको भनेर उहाँको प्रशंशा हुने गर्दछ।
"कुन टिममा उठ्ने वा टिम बिना उठ्ने भन्ने बारेमा निर्णय गरिसकेको छैन।" बज्राचार्यले भन्नुभयो।
"कुनै पनि संस्थाको चुनावमा प्रतिस्पर्धा हुने भनेकै, त्यस संस्थालाई माया गर्ने, आफ्ना प्रिय मित्रहरु बिच हो। कोहि बाहिरका मान्छेले आएर चुनाव लड्न आउॅदैन। तसर्थ कोहि मित्रले, मैले उम्मेदवारी दिएको बरिष्ठ उपाध्यक्ष पदमा चाहना गरेमा म स्वभाविक रुपले लिन्छु, साथीहरुलाई स्वागत गर्दछु। आउनुहोस ! सबै मिलेर एनआरएनए अझ राम्रो बनाऔं।" आफ्नो उमेद्वारी घोषणासंगैको फेसबुक पोष्टमा बज्राचार्यले लेख्नुभएको छ।