Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

गजल- अम्बिका कार्की

गजल- अम्बिका कार्की

नेप्लिज डायस्पोरा

४, चैत्र २०७७
images
गजल- अम्बिका कार्की

जिन्दगीमा धेरै नै उकाली ओराली गरियो
कहिल्यै नगरेको अनुभव यसपाली गरियो ।

शत्रु नभए दर्‍होसँग खुट्टा टेकिने रहेनछ
नबुझेर कैयौं पटक शत्रुलाई गाली गरियो ।

छोराछोरीले झ्याली गर्दा हामी रिसाउँछौं
सम्झौं बच्चामा हामीले कति झ्याली गरियो ।

जति गरे पनि हुन सकेन कुनै कुरामा परिवर्तन
परिवर्तनको लागि सिउँदोसम्म खाली गरियो ।

- चितवन

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - ०४:३०:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend