Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

टिपिएस स्टाटसमा बसेकाहरुले अमेरिकाको सेनेटलाई सेक्युर एक्ट पारित गर्न आह्वान गरे

टिपिएस स्टाटसमा बसेकाहरुले अमेरिकाको सेनेटलाई सेक्युर एक्ट पारित गर्न आह्वान गरे

नेप्लिज डायस्पोरा

१४, चैत्र २०७७
images
टिपिएस स्टाटसमा बसेकाहरुले अमेरिकाको सेनेटलाई सेक्युर एक्ट पारित गर्न आह्वान गरे


टिपिएस स्टाटसमा बसेकाहरुले अमेरिकाको सेनेटलाई सेक्युर एक्ट पारित गर्न आह्वान गरेका छन्। मार्च २४ गते अमेरिकाका बिभिन्न भागबाट आएका सयौं टिपिएस वालाहरुले डेमोक्र्याटिक नेशनल कमिटीको भवनदेखि रिपब्लिकन नेशनल कमिटीको भवनसम्म जुलुस निकालेका थिए। जुलुसको अन्त्यमा उनीहरुले आफ्ना कथाहरु सुनाए र सेनेटलाई तत्काल यसबारे केहि गर्न आह्वान गरे। मेरिल्यान्ड, भर्जिनिया, र डिसि क्षेत्रका करिब ३५ जना नेपाली टिपिएस वालाहरु पनि र्यालीमा सहभागी थिए।

"हाम्रा सदस्य नेतृत्व टोलीका फेयरफ्याक्स, भर्जिनिया निवासी पूर्णदेवि लामा (माया लामा) र ह्युस्टन, टेक्सास निवासी दिनेश थापाले आफ्ना कथाहरु त्यहाँ सुनाएर हाम्रो आवाज उठाईदिनु भएकोमा हामी वहाँहरुप्रति गर्व गर्छौं।" टिपिएस स्टाटसमा रहेकाहरुका लागि आवाज उठाउदै आएको संस्था अधिकारले आफ्नो फेसबुक वालमा ल्व्ख्व्को छ। दिनेश थापाको कथालाई अधिकारकी 'ओर्गानाईजिङ् फेल्लो' निकिता महर्जन देवकोटाले पढ्नु भएको थियो।

अधिकारले यो मुद्धालाई शुरुदेखि नै उठाउदै आएको छ। अहिले अमेरिकामा टिपिएस स्टाटसमा नेपाल लगायत अरु देशका नागरिकहरु पनि छन्। जुलुसमा अन्य देशका नागरिकहरु पी सहभागी हुदै आएका छन्। यसरी अधिकारले आफ्ना मुद्धाहरु उठाईरहेकोमा उनीहरु खुशी छन्। साथै, छिट्टै नै सिनेटले यो बील पास गरेर आफुहरु स्थायी बसोबास गर्ने अवसर पाउने विश्वास उनीहरुको छ।

1.jpg


अधिकारले पोष्ट गरेको फेसबुक स्टाटस यस्तो छ :

Take action NOW: Send a letter to your Senator to vote YES on the SECURE Act through this petition: http://bit.ly/tps2residency

---------------------

We demand permanent residency and call on Senate to pass the #SECURE Act!!

Today over hundreds of TPS holders and allies marched from the Democratic National Committee to Republican National Committee, sharing their stories and calling the Senate to act now!! Over 35 Nepali TPS members from the Maryland, Virginia, and DC area also showed up for the rally.

We are very proud of our member leaders Purna Devi Lama (aka Maya Lama) from Fairfax, Virginia, and Dinesh Thapa from Houston, Texas (read by Adhikaar’s Organizing Fellow Nikita Maharjan Devkota) for speaking out and sharing their powerful stories.

Our stance is clear, our lives are #BeyondTemporary and we need permanent protections urgently!!

Take action NOW: Send a letter to your Senator to vote YES on the SECURE Act through this petition: http://bit.ly/tps2residency

images
प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - ०७:२९:०० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend