Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

न्याकले अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भमा शनिवार ग्राफिक आर्ट प्रतिस्पर्धा गराउंदै

न्याकले अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भमा शनिवार ग्राफिक आर्ट प्रतिस्पर्धा गराउंदै

नेप्लिज डायस्पोरा

२२, जेठ २०७८
images
न्याकले अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भमा शनिवार ग्राफिक आर्ट प्रतिस्पर्धा गराउंदै


वाशिंगटन डिसी। नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)ले जुन १३ को अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर डायस्पोराका साना बालबालिकाहरुका विशेष कार्यक्रम श्रृंखलाहरु आयोजना गरिरहेको छ।

यसै सन्दर्भमा न्याक जुनियर टीमले यही जुन ५ तारिख शनिवार कक्षा ९ देखि १२ सम्म पढ्ने बच्चाहरूका बीचमा ग्राफिक आर्ट प्रतिस्पर्धा आयोजना गरेको छ ।

न्याक जुनियर कमिटीकी संयोजक एवं न्याक कार्य समिति सदस्य विना खड्का लामाका अनुसार आगामी जुन १२ तारिक न्याकको अधिवेशनकै दिन धुमधामका साथ न्याक भवन मनाससमा बाल दिवस पनि मनाइने छ ।

सो दिन अहिलेसम्म गराइएका सवै बाल प्रतिस्पर्धाहरूका बिजेता बाल बालिकाहरूलाई पुरस्कृत गरिने भएको छ ।

यस अघि मार्च १३ शनिबारका दिन पहिलो चरणमा जुमबाट बालबालिकाहरूको आर्ट प्रतियोगिता गरिएको थियो । सो आर्ट प्रतिस्पर्धामा डिसी क्षेत्रका धेरै बालबालिकाहरूले भाग लिएका थिए ।

यसै गरी न्याक जुनियरले ३ कक्षा देखि ५ कक्षा सम्मका बच्चाहरुको बक्तृत्व कला (speech competition) अप्रिल ३ तारिख नै सम्पन्न गरिसकेको छ ।

जुन ५ मा हुने प्रतियोगिताको कार्यक्रमलाई इनेप्लिज, न्याक अफिसियल फेसबुक पेज लगायतका माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ।
जुममा वा प्रत्यक्ष प्रसारणमा सहभागी भै अवलोकन गर्नु हुन न्याकको तर्फबाट अनुरोध गरिएको छ ।

सम्पर्क: विना खड्का लामा (703) 901-6508
कृष्ण पराजुली: (703) 459-4006

images
प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - ०६:००:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend