Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अर्को हप्ता बाल्टिमोरमा साउथ एशियन मेला हुदै, सहभागिताको लागि अनुरोध

अर्को हप्ता बाल्टिमोरमा साउथ एशियन मेला हुदै, सहभागिताको लागि अनुरोध

नेप्लिज डायस्पोरा

२, भाद्र २०७८
images
अर्को हप्ता बाल्टिमोरमा साउथ एशियन मेला हुदै, सहभागिताको लागि अनुरोध

बाल्टिमोर, अमेरिका

अमेरिकामा रहेका साउथ एशियनहरुले आफ्नो कला, संस्कृति र पहिचानको लागी पहिलो पटक एशियन मेला गर्ने भएका छन्। यो मेलाको आयोजकमा एनआरएनए मेरिल्याण्ड च्याप्टर पनि रहेको एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले बताए । अगष्ट २२ तारिखका दिन मेला हुनेछ।

यो मेलालाई भब्य र सभ्य बनाउन बाल्टिमोरको सक्रिय संस्था साथी बाल्टिमोर र एनआरएनए मेरिल्याण्ड च्याप्टरकाबीच छलफल पनि सम्पन्न भएको छ। उक्त छलफलले मेलामा नेपालीहरुको भब्य उपस्थिति जनाउने निर्णय गरेको छ।

कार्यक्रममा नेपाली पन झल्किने कला संस्कृति प्रस्तुत गर्ने पनि छलफल भएको छ। दुई संस्थाबीच भएको छलफल अनुसार नेपाली राष्ट्रिय गान, नेपाली पन्चे बाजा र नेपाली लाखे नाच प्रदर्शन गर्ने तयारी गरिएको साथि बाल्टिमोरका संयोजक रमेश भट्ट नेपाली छोरोले बताए।

कार्यक्रममा नेपाली पोशाक लगाएका नेपालीहरुले 'बुद्ध नेपालमा जन्मिएका हुन्' भनेर लेखिएको ठुलो ब्यानर सहित उपस्थित हुने गरी निर्णय गरिएको छ। मेला बाल्टिमोरको उडल्याण्ड भन्ने स्थानमा हुनेछ।

images
प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - ०६:२६:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend