बाल्टिमोर, अमेरिका
एनआरएनए मेरिल्याण्ड च्याप्टरले ११ जना सल्लाहकारको मनोनयन गरेको छ। संस्थाको बिधान अनुसार च्याप्टरलाई सल्लाह दिईरहनुभएका र सहयोग गरिरहनु भएका व्यक्तित्वहरुलाई मनोनित गरिएको अध्यक्ष राजु पराजुलीले जानकारी दिनु भयो।
यसरी मनोनित हुनेहरुमा बिष्णु बराल, बिनोद उप्रेती, अनु वन्त, कुल प्रसाद गुरुङ, बिक्रम केसी, सबि थापा, धर्म बेलबासे, सन्तोष पौडेल, शशि थापा, अंशु कार्की, र ओसाविन श्रेष्ठ रहनु भएको छ।
मनोनित सल्लाहकारहरुलाई आउने हप्ता हुने च्याप्टरको कार्यालय उदघाटन समारोहमा प्रमाण पत्र दिने कार्यक्रम रहेको मेरिल्याण्ड च्याप्टरले जनाएको छ।
मेरिल्याण्डमा बसेर सामाजिक र ब्यबसायिक सेवा प्रदान गरिरहेका व्यक्तित्वहरु मध्येबाट सल्लाहकार चयन गरिएको पनि अध्यक्ष पराजुलीले बताउनु भयो।
च्याप्टरले च्याप्टरको गतिबिधि सर्बसाधारण समक्ष सार्बजनिक गर्न नेप्लिज डायस्पोरालाई आधारिक मिडिया पार्टनरका रुपमा घोषणा गरेको छ।