बाल्टिमोर, अमेरिका
एनआरएनए मेरिल्याण्ड च्याप्टरले ओसाविन श्रेष्ठलाई च्याप्टरको सल्लाहकार मनोनित गरेको छ। ओसाविन श्रेष्ठ मेरिल्याण्डका एक सफल ब्यबसायी हुनुहुन्छ। उहाँले मेरिल्याण्डमा बिभिन्न सामाजिक कामहरुमा सहयोग प्रदान गर्दै आउनु भएको छ ।
श्रेष्ठसंगै ११ जना ब्यक्तित्वहरु सल्लाहकार मनोनित हुनु भएको हो। यसरी मनोनित हुनेहरुमा बिष्णु बराल, बिनोद उप्रेती, अनु वन्त, सबि थापा, कुल प्रसाद गुरुङ, धर्म बेलबासे, बिक्रम केसी, सन्तोष पौडेल, शशि थापा र अंशु कार्की रहनु भएको छ।
संस्थाको बिधान अनुसार च्याप्टरलाई सल्लाह दिईरहनुभएका र सहयोग गरिरहनु भएका व्यक्तित्वहरुलाई मनोनित गरिएको अध्यक्ष राजु पराजुलीले जानकारी दिनु भयो।
मनोनित सल्लाहकारहरुलाई आउने हप्ता हुने च्याप्टरको कार्यालय उदघाटन समारोहमा प्रमाण पत्र दिने कार्यक्रम रहेको मेरिल्याण्ड च्याप्टरले जानेको छ।
मेरिल्याण्डमा बसेर सामाजिक र ब्यबसायिक सेवा प्रदान गरिरहेका व्यक्तित्वहरु मध्येबाट सल्लाहकार चयन गरिएको पनि अध्यक्ष पराजुलीले बताउनु भयो।
सल्लाहकार मनोनित हुनु भएकोमा ओसाविन श्रेष्ठ लगायत सबै सल्लाहकारहरुमा नेप्लिज डायस्पोरा परिवार हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ।