Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सदगुरु एल पी भानु शर्मा क्यालिफोर्नियामा

सदगुरु एल पी भानु शर्मा क्यालिफोर्नियामा

सतीश चापागाईं

२४, बैशाख २०७९
images
सदगुरु एल पी भानु शर्मा क्यालिफोर्नियामा

 


जिवन विज्ञानले सदगुरु एल पी भानु शर्माको प्रकाश दिवसको उपलक्ष्यमा नर्दन क्यालिफोर्नियाको रिचमन्डमा आयोजन गर्न लागेको दुई दिने ध्यान साधनाका लागी सदगुरु एल पी भानु शर्मा बे एरिया आईपुगेका छन्।

मे ७ र ८ मा रिचमन्डमा आयोजित दुई दिवशिय ध्यान साधनामा सहभागी हुन आएका सदगुरु शर्मालाई बिहिबार क्यास्ट्रो भ्यालिमा समाजसेवी युवा प्रितेश कार्कीको निवासमा आयोजित कार्यक्रममा भव्य स्वागत गरिएको छ। उक्त कार्यक्रममा योग र ध्यानसंग सम्बन्धीत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा गुरुले जिवन विज्ञान र यसका सिद्धान्त एवं कामहरुको बारेमा प्रकाश पार्दै सहभागीहरुको विभिन्न जिज्ञासाहरुलाई पनि मेटाएका थिए।


रिचमन्डमा आयोजना गर्न लागीएको ध्यान साधनालाई स्थानिय रुपमा नित्यकर्म जिवनयोग प्रयोगशाला तथा क्यालिफोर्निया जिवनयोग प्रयोगशालाले संयोजन गरेको छ। उक्त कार्यक्रममा सहभागिताका लागी www.jvusa.org मा गएर दर्ता गर्नु पर्नेछ।

कार्यक्रम बारे थप जानकारीका लागी विजया सुवेदी (510-501-5409), डा. ईश्वर श्रेष्ठ (775-247-2763), मुकुन्द दवाडी (626-394-5379), विनाएक शर्मा (530-867-3562), गिता श्रेष्ठ (510-384-0247), निरमणि कालाखेती (530-401-7355) र राजि थापा (408-839-3675) लाई सम्पर्क गर्न सकिने आयोजकले बताएको छ।

 

images
प्रकाशित मिति :बैशाख २४, २०७९ शनिवार - ०२:१०:१७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend